Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

हामीबीचबाट दशैंले बिदा लिईसकेको छ । सँधैको भन्दा यो वर्षको दशैंका घाउहरु फरक छन् । हुनेखाने र हुँदाखानेबीचको खाडलका कारण नेपाली समाजमा दशैंले बनाउने गरेका अभावका घाउहरु आफ़्नै ठाउँमा छँदैछन् । त्यसबाहेक यस पटकको दशैं कतिपय नेपालीजनका लागि दशामा परिणत भएको छ । देशदुनियाँ दशैंमा रमाईरहेका बेला सवारी दर्घटनाको अप्रिय नियति भोग्नुपर्दाको परिवारमा छाएको रुवाबासीले दशैं फगतको दशा बनेर बितेको छ ।त्यस्तो परिवारका लागि अब बर्षेनी आउने दशैंले के खुशी दिन सक्ला र बरु सँधै पीडा बल्झाएरै जाने छ ।

यसपाली घटस्थापनादेखि पूणिर्मासम्ममा सडक सवारी दुर्घटनाका कारण एक सय पैंतीस जनाले ज्यान गुमाए । दशैं अवधिको यो संख्या हालसम्मकै उच्च रहेको सरोकारवाला निकायहरु बताउँछन् । दशैं अवधिमा भएका दुर्घटना र यसबाट ज्यान गुमाउनेहरुको संख्या हेर्दा सवारी चालकहरुको चरम लापर्वाही र ब्यवसायीहरु मौकाको फाइदा उठाउँदै कमाउधन्दामा लिप्त हुनु नै पहिलो कारण भएको देखिन्छ । दुखद घटनाको न्यायिक छानविन गर्दै दोषीमाथि कडा कार्वाही गरिनुपर्दछ र बढ्दो सवारी दुर्घटनाका कारण बारे खोजी गर्ने र दुर्घटना हुन नदिने उपाय अवलम्बन गर्नेतिर सबै सरोकारवालाको ध्यान केन्द्रीत हुनु आवश्यक छ । खासगरी यातायात व्यवसायी र चालकले यात्रुको सुरक्षालाई अनिवार्य र्सतका रुपमा उच्च महत्व दिनुपर्ने सवारी नीति अविलम्व गरिनुपर्ने देखिन्छ । जसले गर्दा ब्यवसायी र चालकले जुनसुकै बेला पनि यात्रामा उच्च सावधानी अपनाउन सकून् ।

साँगुरा र घुम्टी परेका पहाडको बाटो, ठाउँ ठाउँमा उप्किएका कालोपत्रे, खाल्डाखुल्डी र यात्रुहरुको चाप एकातिर छन् भने सवारीचालकले गैरजिम्मेवारीपूर्ण तरिकाले सवारी हाँक्नु, क्षमताभन्दा बढि यात्रु चढाउनुलगायतका सतहमै देखिएका समस्याहरु हल गर्नका लागि आवश्यक नीतिनियम तथा कानुन निर्माण गर्न सम्बन्धित निकायहरुले यथाश्रि्र पहल थाल्नुपर्ने देखिन्छ । ज्यानको बाजी राखेर यात्रामा निस्कनुपर्ने नेपालीको नियतीलाई बेलैमा सम्बोधन गर्न नेपाल सरकारले कत्ति पनि ढिला गर्नुहुँदैन । आ ना नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी सरकारले उपयुक्त कदम चालोस् र नागरिक पनि आफ़्नो ज्यानको सुरक्षालाई बेवास्ता गर्दै जोखिम यात्रा मोल्न सहजै तयार भईदिने प्रबृत्तिलाई पनि जनचेतना अभियानमार्फ निरुत्साहित गरिनुपर्दछ र नेपाली जनताले दशैंलाई दशैंकैरुपमा मनाउन पाउनुपर्दछ न कि दशा ।

नेपालमा सवारी दुर्घटना हुन नदिन के गर्नुपर्ला ? विज्ञहरुबाट सुझाव लिदैं समाधानतर्फकदम चाल्न ढिला भईसकेको छ । यो बिषयलाई यतिकै सेलाउन दिईनु हुँदैन । समाजका सबै क्षेत्रका सदस्यहरु जिम्मेवार भई सवारी दुर्घटना हुन नदिन आ-आफ़्नो ठाउँबाट सहयोग र सहकार्य गर्दै अगाडि बढ्न आजैदेखि प्रण गरौं । यसपालीको दशैंले यहि सन्देश छोडेर गएको छ नेपाली समाजलाई ।

तपाईको प्रतिक्रिया