Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – यस बर्षको जनवरीदेखि मार्च महिनासम्मको तथ्यांकअनुसार जापान आएका पर्यटकहरु अन्य प्रान्तको तुलनामा यामानासी प्रान्तलाई बढि मन पराउने गरेको पाईएको छ ।  गत बर्षको सोहि अवधीको तुलनामा यो वर्ष पर्यटकहरुको संख्या करिब तेब्बर बढेको  छ । सो ३ महिनामा यामानासी प्रान्तमा बास बस्नेगरी आएका पर्यटकहरुको संख्या १ लाख ७६ हजार रहेको छ । यसरी यस बर्ष उक्त क्षेत्रको पर्य़टकमा बृद्धि हुनुमा सोहि क्षेत्रमा पर्ने फ़ुजी हिमाल बिश्व सम्पदा सूचीमा दर्ता भएको कारण हुनसक्ने अनुमान गरिएको छ ।

यसैगरी ओकिनावा र तोकुसिमा प्रान्तहरुमा बास बस्ने गरी आउने पर्यटकहरु गतबर्षको तुलनामा करिब दोब्बर बृद्धि भएको पर्यटन बिभागको सर्बेक्षणबाट थाहा लागेको जापानी संचारमाध्यामहरुले जनाएका छन । यामानासी प्रान्त भित्रका बास बस्ने गरी आएका बिदेशी पर्यटकहरु सन २०१० मा अहिलेसम्मकै सबैभन्दा बढि रहेकोमा यसबर्षको यहि गतिमा जाने हो भने बर्षमा २० प्रतिशत जति बृद्धि हुने अनुमान गरिएको छ । पर्यटन बिभागले सन २००७ देखि यस किसिमको सर्बेक्षण सुरु गरी बिभिन्न प्रान्तका गरी ५० हजार भन्दा बढि होटल तथा लजहरुबाट आवश्यक जानकारी लिने गरेको बताईएको छ । जसमध्ये यामानासी प्रान्तमा मात्र १,३१४ स्थानमा जानकारी लिईएको थियो ।

यसबर्ष चिनियां पर्यटकहरुको संख्यामा आएको भरी बृद्धिका कारण यस किसिमको सर्बेक्षण नतिजा निस्केको बताईएको छ । गत वर्षको सोहि अवधिमा करिब १० हजारको संख्यामा रहेको चिनियां पर्यटक यसबर्ष करिब ७ भाग बृद्धि भई ७२ हजार ४२० जना रहेको थियो । यो संख्या सन २०१० मा जापान र चीन बिचको टापु बिबाद चर्कनु अगाडिकै स्तरमा रहेको बताईएको छ । चिनियांहरुले जापानमा आई यहांको साकुरा हेर्ने, ओन्सेन (तातोपानीमा बस्ने) किनमेल गर्ने र हिउंमा खेल्ने गर्न मन पराउंछन । यि सबै एकै स्थानमा हुने भएकोले यामानासीमा आउने बिदेशी पर्यटकहरु धेरै भएको हुन सक्ने बताईएको छ । अन्य कारणहरुमा गतबर्षको जुलाई महिनादेखि थाइल्याण्ड तथा मलेशिया लगायतका देशका नागरिकहरुलाई पर्यटक भिसामा छुट गरिएको कारण पनि हुन सक्ने बताईएको छ ।

जनवरीदेखि मार्चसम्मको तथ्यांक हेर्ने हो भने चिनियां पर्यटकपछि दोश्रोमा थाईल्याण्ड (३४ हजार ७०० जना) र मलेशिया पांचौं स्थानमा (५ हजार ५३० जना) रहेको छ । यि दुबै देशबाट जापान आउने पर्यटक दोब्बर भन्दा बढिले बृद्धि भएको छ । पर्यटन बिभागका एक अधिकारीका अनुसार विगतका वर्षहरुमा समुहमा आउने पर्यटक बढि हुनेमा यसबर्ष ब्यक्तिगत पर्यटकहरुमा बृद्धि भएकोले जापानको पर्यटन ब्यवसाय सुरक्षित दिशातर्फ़ अगाडि बढेको छ । जसको लागि थप सुबिधा तथा सेवाहरुमा सरकारले ध्यान दिनुपर्ने बताईएको छ ।

स्मरण रहोस, जापानले अपेक्षा गरे अनुरुप सन २०१३ मा पर्यटकको संख्या १ करोड भन्दा बढि पुगेको छ । सन २०२० मा त्यसको दोब्बर अर्थात २ करोड पर्यटक भित्र्याउने योजना जापान सरकारको रहेको छ । ***

 

 

तपाईको प्रतिक्रिया