Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

बिदेशमा बस्ने नेपालीहरु र नेपालीमूलका विदेशी नागरिकहरुको साझा संस्था गैर आवासीय नेपाली संघ स्थापनाको एक दशक पुग्न लागेको छ । आगामी अक्टोबरमा नेपालमा हुने ग्लोबल सम्मेलनसंगै यस संस्थाको सिंगो पांच कार्यकाल पुरा हुनेछ । यसबीचमा नेपालीहरुको धेरथोर उपस्थिति भएका सबैजसो देशहरुमा यसको संगठन विस्तार भएर ६० भन्दा बढी देशहरुमा राष्ट्रिय समन्वय परिषद गठन भैसकेको छ । जापान लगायतका कतिपय देशहरुमा क्षेत्रीय समितिहरु समेत गठन भएका छन् । नेपाल र नेपालीको हितका लागि क्रियाशिल हुने मुल ध्येय राखेको यस संस्थाप्रति विदेशमा भएका नेपालीहरुको भन्दा पनि बढी स्वदेशमा भएका नेपालीहरुले आशा र भरोसा गरेको देखिन्छ ।

राजनीतिक खिचातानीबाट शुरु भएर विस्तारित जातिय तथा क्षेत्रीय द्वन्द्वमा फसेको नेपालको आर्थिक अवस्था कमजोर मात्रै नभएर छिन्न भिन्न नै भैसकेको छ । विदेशमा बस्ने तिनै गैरआवासीय नेपालीहरुले पठाएको पैसाको बलमा मुलुकको अर्थतन्त्र धानिएको स्वीकार सम्बन्धित क्षेत्रहरुले सार्वजनिक रुपमा गरिरहेका छन् । यो संस्था स्थापनाको उद्देश्य र नेपालीहरुले गरेको अपेक्षा भने यतिमा मात्रै सीमित छैन । आफूले कमाएको पैसा परिवारजनलाई पठाउने वा स्वदेशमा नै लगेर बचत गर्ने कार्यका लागि कुनै संस्थाको जरुरत पर्दैन । नेपालको ब्रेन ड्रेन र युवा जोशजा“गर तथा शक्तिको समिश्रण अनि विदेशमा ज्ञान, सीप र धन आर्जन गरेका व्यक्तिहरुको उलेख्य उपस्थितिबाट बनेको गैरआवासीय नेपाली संघ अर्थात एनआरएनले नेपाल र नेपालीका लागि जति आशा जगायो र त्यही आशा पुरा हुने अपेक्षाका साथ जति रेस्पोन्स पायो त्यस अनुपातमा काम हुन सकेको छैन भन्ने आवाज मिडियाहरुमा समेत आइरहेको अवस्था छ ।

अर्कोतिर यतिखेर गैरआवासीय नेपाली संघमा नया“ नेतृत्व चयनको मौसम आएको छ । आगामी अक्टुबरमा नेतृत्व चयन सहितको ग्लोबल सम्मेलन हुनेछ भने विभिन्न देशमा गठित राष्ट्रिय समन्वय समितिहरुमा २ बर्षका लागि नयां कार्यसमितिको चयन भैरहेका छन् । जापानमा पनि अधिवेशन सम्पन्न भएर निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ । यसपटक पोष्टल भोटिङ हुने भएकाले परिणाम कस्तो आउने हो भन्ने चिन्ता उम्मेदवारहरुमा देखिन्छ । अधिवेशनका समयमा हुने एनआरएन गतिविधिलाई यसको उद्देश्य अनुसारको अभियानमा परिवर्तन गर्नु महत्वपूर्ण हुन्छ । तर त्यस्तो हुन सकिरहेको छैन । अहिले सबैभन्दा ठूलो चुनौतीको बिषय नै यही भएको छ । एनआरएनका अधिवेशनपूर्व हुने चर्चा परिचर्चा र चहलपहल अधिवेशन पछि सेलाउने गरेको छ । जापानका सन्दर्भमा पनि यो पक्ष अपबाद छैन । नेपालीहरुका राजनीतिक लगायतका अन्य संघ संस्थाहरुमा जस्तै एनआरएनमा पनि पदका निम्ति हुने कसरत निकै चर्को छ । सामुहिकरुपमा नेपालीका लागि नेपाली भन्ने मूलमन्त्र सार्थक हुने गरी के कस्ता कार्यक्रमहरु अगाडि बढाउन सकिन्छ र धेरै भन्दा धेरै नेपाली र नेपाली मुलका विदेशी नागरिकहरुलाई त्यस्ता कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने पक्ष ओझेलमा छ । कुनै पनि संस्थामा वा अभियानमा मान्छे लाग्नका लागि उसलाई अभिप्रेरित गर्ने बिषय वा कार्यक्रम हुनु जरुरी हुन्छ । त्यस्ता कार्यक्रम वा परियोजनाको अभाव खडि्करहेको देखिन्छ ।

अव यस्ता कुराहरुमा आगामी अक्टोवरमा हुने आइसीसीको अधिवेशन र नया“ नेतृत्वका निम्ति चाहना राख्नेहरुले सोच्नु जरुरी छ । १० बर्षे अवधि पार गरिसकेको यो अभियानमा हालै मात्र संगठितरुपमा संयुक्त लगानीका प्रयासहरु सुरु भएका छन् । खासगरी जलविद्युत, सुरुङमार्ग, होटल लगायतमा योजनाहरुमा लगानी भैरहेको छ । सानातिना लगानीहरु एनआरएन सञ्जालभित्र रहेका र यही अभियानले चिनापर्ची गराएकाहरुले पनि गरिरहेका छन् । यो सकारात्मक कुरा हो । अवको चुनौती भनेको यसलाई निरन्तरता दिदैं योजनाहरु व्यवस्थित रुपमा अघि बढाउनु हुने छ । अझ बढी यो अभियानलाई अव कसरी अघि बढाउने र नेपाल र नेपालीको अपेक्षाअनुसार काम गर्न सक्ने गरी संघको संगठनात्मक संरचनाको निर्माण गर्ने कुरामा ध्यान दिनु जरुरी छ । १० बर्षको अभियानले एनआरएनलाई देश भित्र र बाहिर पनि स्थापित गरेको छ । अव प्रचारले मात्रै नहुने भएकाले काम गर्न सक्ने चुस्त संगठन बनाएर एनआरएनको नेतृत्व अघि बढ्नुपर्छ । ***

 

तपाईको प्रतिक्रिया