मलाई त उज्जु नै राम्री र सेक्सी लाग्छ, मन पनि पर्छ। तर के गर्ने र अब त ढिलो भैसक्यो, पहिले नै भेट हुनुपर्ने थियो। तपाईंको त जेन्डर नै के हो-के हो भन्नुपर्ने खालको छ, तर जे भए पनि आइ लभ यू।
तपाईं त मोबाइल फोन अनि कार फेरिरहनुहुन्छ रे। कतै यो फर्मुला महिलामा पनि लागू त गर्नुहुन्न ?
कार र मोबाइलसँग युवती र श्रीमतीको तुलना हुन सक्दैन। तैपनि सुन्दर युवती देख्दा आँखाचाहिँ लाग्छ, मान्छेको मन त लोभी हुन्छ नि।
तपाईंले त प्रेम विवाह गरेको हो क्यारे। कसरी प्रस्ताव राख्नुभयो ?
हो, प्रेम विवाह नै हो हाम्रो। म बाहुन, उनी नेवारकी छोरी। मैले मलाई तपाईं मन पर्नुभयो विवाह गर्न चाहन्छु भनेँ। केही जवाफ आएन तर प्रेमचाहिँ एक्सप्रेस बसजस्तै गुड्यो। पहिलो प्रेमपत्रमा मैले पि्रयसी रविलक्ष्मी चित्रकार भनेर सम्बोधन गरेको थिएँ।
सञ्चारमन्त्री, वनमन्त्री र प्रधानमन्त्री पनि हुनुभयो। केही गरी प्रेम मन्त्रालय खुल्यो भने पनि मन्त्री हुने ?
मन्त्री पद हो हुन त मन छ नि, तर बूढो पात्तियो भन्लान् वा अरू नेताहरूले डाहा पनि गर्लान्।
कम्युनिस्ट नेता भन्नासाथ दाह्री पालेको, मैलो लुगा लगाएको हुनुपर्ने। तपाईं त सधैं सुकिलो र सुटेड-बुटेड देखिनुहुन्छ….
हाहाहा…एउटा उखान नै छ नि, खाने मुखलाई जुँगाले छेक्दैन। त्यस्तै हो, जुँगादाह्री भए पनि चुम्बनलाई छेक्दैन।
ठूला नेताहरूले नायिकाहरूलाई नचाउन थालेका छन्। तपाईंचाहिँ कुन नायिकालाई नचाउनुहुन्छ ?
मेरी नायिका मेरै श्रीमती हुन्। उनी राम्री पनि छिन्, उनैलाई घरमा नचाउँछु।
तपाईंको उमेर ४० वर्ष हो ?
त्यसमा २० थप्नोस् न, तर उमेर जति भए पनि मनचाहिँ २५ वर्षको युवकको भन्दा पनि तरुनो छ।