Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024
isaniमिस नेपाल सौन्दर्य एवं बौद्धिकताको मिलन हो। धेरै युवती सुन्दर भए पनि बौद्धिक नहुन सक्छन् अनि धेरै बौद्धिक युवती पनि सौन्दर्यशास्त्रले मापन गर्ने जस्तो सुन्दर नहुन सक्छन्। प्रत्येक वर्ष आफूलाई बौद्धिक सुन्दरी दाबी गर्ने सयौं युवतीमध्येबाट हिडेन ट्रेजरको आयोजनामा प्रतिष्ठित व्यक्तिहरूको समूहले सार्वजनिक रूपमा एउटीलाई मिस नेपाल छान्ने गरेको छ। यसपटक यस्ता सयौं युवतीबाट दन्तचिकित्सा अध्ययनरत इशानी श्रेष्ठ मिस नेपाल घोषित भएकी छिन्। यो वर्ष मिस नेपाल अघिल्लो वर्षको तुलनामा दुई महिनाअघि भए पनि न त विरोधका कार्यक्रम भए, न त मिस नेपालको पक्ष र विपक्षमा त्यति ठूलो विवाद नै देखियो। धेरै अर्थमा भाग्यमानी इशानीसँग साप्ताहिकले हाजिरीजवाफ शैलीमा उनको क्षमता र तार्किकता नाप्ने प्रयास गरेको थियो।
 
तपाईं नेपालको सबैभन्दा सुन्दर युवती हो ?
होइन, मभन्दा सुन्दर युवती धेरै छन्।
त्यसो भए सबैभन्दा बौद्धिक युवती हो त ?
त्यो पनि होइन। म बौद्धिक सुन्दरी -ब्युटी विथ ब्रेन) चाहिँ हो।
यो त मान्नुहुन्छ तपाईंभन्दा सुन्दर अरू पनि छन् र बौद्धिक पनि छन्। त्यसो भए भाग्यले तपाईंलाई मिस नेपाल बनायो, होइन ?
म भाग्यमा विश्वास गर्दिनँ, मेहनतमा विश्वास गर्छु।
कसरी मेहनत ? बाहिरबाट हेर्दा एक साँझ केही बौद्धिक व्यक्तिले केही प्रश्न सोधेर त्यसकै आधारमा मिस नेपाल बनाएका हुन् भन्ने देखिन्छ।
मैले १५ वर्षअघि मिस नेपाल बन्छु भन्ने उद्देश्य लिएँ। जसरी म डेनटिस्ट बन्ने कल्पना गर्थे र अहिले त्यो पढिरहेको छु। त्यसैगरी मिस नेपाल बन्नका लागि म बाबासँग तस्विर खिचाउँथे। हेल्थ कन्सस, ड्रेस कन्सस पनि हुँदै गएँ। तिमी के बन्छौ भन्दा म मिस नेपाल बन्छु भन्थे। यो १५ वर्षको मेहनत हो, एक साँझको होइन। १५ वर्षयता म आफूलाई मिस नेपालका लागि तयार गर्दै थिएँ।
 
मिस नेपालको अन्तिममा  पर्न धेरै परीक्षण गरिन्छ र ?
म भन्छु … अन्तिम प्रतिस्पर्धाका लागि छानिएका युवतीलाई एक महिनाको गम्भीर तालिममा राखिन्छ। यो तालिम आफैंमा परीक्षण पनि हो र सिकाइ पनि। तालिम लिँदा-लिँदै हाम्रो जर्जमेन्ट पनि भैरहेको हुन्छ, सिक्ने काम पनि भैरहेको हुन्छ। त्यो एक महिनापछिको अन्तिम रात मात्र को मिस नेपाल हुन सक्छ भनेर प्रतिस्पर्धा हुन्छ। यो प्रतिस्पर्धामा जसले निर्यायकको मन जित्न सक्छ, उही मिस नेपाल हुने हो।
तालिमले सबैलाई योग्य बनाउँछ तर एक जना मात्र मिस नेपाल छनौट हुन्छिन्। यो भाग्य नै होइन ?
यो तर्कमा म विनम्रतापूर्वक असहमति जनाउँछु। यो भाग्यभन्दा पनि मेहनत हो।
शतप्रतिशत ?
होइन, ९० प्रतिशत मेहनत हो, १० प्रतिशतचाहिँ भाग्य हो। म भाग्य नै हुँदैन भनेर हठ पनि गर्दिनँ।
कसरी ९० प्रतिशत ?
म मिस नेपालमा ग्लामर हुन्छ, नाम हुन्छ, फोटो छापिन्छ भन्ने रहरले प्रतिस्पर्धामा आएकी होइन। म मिस नेपाल हुने उद्देश्यले नै आएकी थिएँ। यही उपाधिको गौरव राख्न मैले एक वर्ष डेन्टिस्ट कोर्स छाड्ने निर्णय गरें। किनभने कलेजको पढाइ बुढेसकालमा गर्न सकिन्छ, मिस नेपाल बन्न सकिँदैन। अर्को कुरा, हाम्रो तालिम बिहान ९ देखि ५ बजेसम्म हुन्थ्यो। म बिहान निद्रा खुलेदेखि राति नसुन्जेलसम्म तालिम गरिरहेकी हुन्थें। म सिकाएको कुनै पनि कुरा मिस गर्न चाहन्नथें, जसले अन्तिम दिन मलाई धोका देओस्।
 
यति धेरै गम्भीरता हानिकारक पनि हुन सक्थ्यो। आफूभन्दा बलिया प्रतिस्पर्धी देख्दा ईष्र्या बढ्ने, डर लाग्ने भएन ? 
सुरुमा त म निकै डराएँ, ईष्र्यालु पनि भएँ। किनभने सबै एक से एक थिए। अरूको राम्रो देख्दा त म नर्भस नै हुन्थ्ों, तर जब म अरूको राम्रो देख्थें नर्भस हुनुअघि मसँग अरूभन्दा के राम्रो कुरा छ भनेर आफूमा खोजी गर्थे। यसले मलाई आफूभित्र भएको क्षमता खोज्न सहयोग गर्‍यो। यो मिस नेपालका लागि मात्र होइन, सबै प्रतिस्पर्धाका लागि अघि बढ्ने राम्रो सूत्र हो।
मिस नेपालमा भाग लिन एक वर्ष पढाइ छाड्नुको कारण के हो ?
जीवन एउटा परीक्षण हो। म मिस नेपाललाई जीवनकै सुन्दर एक्स्पेरिमेन्टका रूपमा प्रयोग गर्न  चाहन्थें। यो कर्मसियल ब्रेक हो।
एक वर्षपछि चाहिँ ?
कमर्सियल ब्रेकपछि फेरि अध्ययन सुरु हुन्छ। जब जीवनमा केही नयाँ चुनौती हुँदैन, बिल्कुलै मजा आउँदैन। म अरूको दाँत जाँचेर मात्र आफ्नो जीवन बोरिङ बनाउन चाहन्न।
भनेपछि डेन्टिस्ट हुनु बोरिङ काम हो ?
मैले त्यसो कहाँ भनें
र ? जतिसुकै राम्रो टेलिश्रृंखला भए पनि बीच-बीचमा केही क्षण कमर्सियल ब्रेक हुनुपर्छ। त्यो बीचमा फ्रेस हुन सकिन्छ। मानिसको दाँत मेरा लागि मूर्तिसमान छन्, जसमा म सुन्दर आकृति बुन्न मन पराउँछु। त्यो मेरा लागि पूजा हो। कमर्सियल ब्रेक यस कारण पनि चाहिन्छ कि थप नयाँ उत्साहका साथ म त्यो मूर्तिको पूजा गर्न सकूँ।
त्यसो भए एक वर्षपछि धेरै मिस नेपाल हराएजस्तै तपाईं पनि सार्वजनिक जीव्ानबाट हराउनुहुन्छ भन्ने बुझ्नुपर्‍यो ?
यो कुरा पनि म नम्रतापूर्वक अस्वीकार गर्छु। आजसम्म धेरै मिस नेपालले कति राम्रो काम गर्नुभएको छ ? मिडियाले खोज्दैन। खाली नयाँ मिस नेपालको पछि लाग्छ भने उहाँहरूको काम कसरी थाहा हुन्छ ? सबैले केही न केही काम गरिरहनुभएको छ। म पनि केही न केही सामाजिक काम गर्छु।
के गर्नुहुन्छ ?
पहिले त यो एक वर्ष जुन जिम्मेवारी पाउँछु, त्यो निर्वाह गर्छु। त्यसपछि विचार गरौंला…।
भनेपछि तपाईं हराउनुहुन्छ भन्ने पक्का बुझ्नुपर्‍यो ?
पटक्कै होइन। म सडक सफा गर्न चाहन्छु।
सडक बढार्नुहुन्छ ?
होइन, हाम्रो सडक जस्तो हुनुपर्ने हो, त्यस्तो छैन। सडकमा सडक बालबालिका छन्। सडकमा भुस्याहा कुकुर छन्। सडकमा खुला साँढे छन्। सबैको आ-आफ्नो स्थान छ। जसरी मेरो आफ्नो घर छ, त्यसैगरी त्यस्ता बालबालिकाको निश्चित घर हुनुपर्छ। कुकुरको पनि खोर हुनुपर्छ। साँढेको गोठ हुनुपर्छ। त्यसका लागि म काम गर्न चाहन्छु। यद्यपि यो पछिको कुरा हो। अहिले त मिस वल्र्डको तयारी गर्नु छ।
आखिर त्यहाँ पनि हारेर नै र्फकने हो क्यारे, त्यस्तो लाग्दैन ?
त्यही कुरालाई पोजेटिभ पनि लिन सकिन्छ नि, सकिँदैन र ? जस्तो केही वर्ष पहिले नग्मा श्रेष्ठ मिस अर्थमा टप एटमा पर्नुभयो। गत वर्ष सृष्टि श्रेष्ठको सम्भावनाको संसारभरि चर्चा भयो। विश्वमा मिस वल्र्डको इतिहास ६३ वर्ष पुग्यो, हाम्रोमा २० वर्ष पनि भएको छैन। त्यसमा पनि हाम्रो नाम आउनु, नेपाली युवती यस्ता हुन्छन् भन्ने सन्देश जानु, प्रतियोगितामार्फत हाम्रो कला, संस्कृति र संस्कारको चर्चा हुनु ठूलो कुरा होइन र ? यो त हाम्रो जस्तो देशका लागि ठूलो प्लेटर्फम हो। हामी विदेशमा कामदार मात्र पठाउँदैनौ, बौद्धिक सुन्दरीलाई पनि प्रतिस्पर्धामा पठाउँछौ।
कोसँग बढी प्रभावित हुनुहुन्छ ?
साहाना बज्राचार्य। उहाँमा मिस नेपालमा हुने ब्रेन विथ ब्युटी दुवै छ।
तपाईंको अनुहार पनि साहाना जस्तै छ, त्यही भएर हो ?
मलाई धेरैले त्यसो भन्छन्, तर म इशानी श्रेष्ठ नै हुन चाहन्छु।
आमा भन्नेबित्तिकै के सम्झनुहुन्छ ?
आफूलाई भन्दा सन्तानलाई बढी माया गर्ने मानिस।
बुवा भन्दा ?
त्यस्तो पुरुष साथी, जसले माया गरेबापत बदलामा केही पनि चाहँदैन।
प्रेमी कस्तो होस् भन्ने चाहनुहुन्छ ?
बौद्धिक एवं आकर्षक। त्यतिले पुग्दैन, उसमा जोकरजस्तै हँसाउने क्षमता पनि हुनुपर्छ।
धेरै ठूलो आशा पो राख्नुभएको रहेछ, पूरा हुन्छ ?
मजस्ती युवतीलाई त्यति त चाहिँ हाल्यो नि, होइन र ?
विवाह नि ?
प्रेमीसँग खुसी हुन सक्छु भन्ने लाग्यो भने विवाह गर्ने। खुसी हुन सकिँदैन भने विवाहको झन्झट किन गर्ने ?
तपाईको प्रतिक्रिया