Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

DSC04876[1] लण्डन-लण्डनस्थित नेपाली दुतावास भवनको हलमा केही विशिष्ट नेपाली साहित्यिक श्रष्ठाका चित्रहरु अनावरण गरिएको छ । नेपाली साहित्य विकास परिषद युके तथा अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज युकेको पहलमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली दुतावासको  सौजन्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसे तथा नेसाविप युकेका अध्यक्ष्य खगेन्द्र नेपालीले संयुक्त रुपमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिध्दिचरण श्रेष्ठ, कवि तथा नाटककार बालकृष्ण सम र पारिजातका चित्रहरु अनावरण गर्नुभएको थियो । नेपाली कुटनीतिक नियोगमा सम्भवतः यस प्रकारको कार्यक्रम पहिलो भएको अनुमान गरिएको छ । अनावरित चित्रहरुलाई स्थायीरुपमा राखिने जनाएको छ ।

बेलायतमा रहनुभएका साहित्यिक तथा साहित्यानुरागीहरुको उपस्थितिमा सम्पन्न उक्त चित्र अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत डा. सुरेशचन्द्र चालिसेले आप्mनो कार्यकालमा राजदुतावास भवनको हलमा नेपालका साहित्यिक महारथीहरुका चित्रहरु अनावरण गर्न पाएकोमा सन्तोष व्यक्त गर्नुभयो । उहाँले तपाईहरु जस्ता कुशल तथा सिध्दहस्त लेखक कविहरुले नेपाली समाजलाई अभिप्रेरित गरिआउनु भएको कुराबाट म प्रभावित छु भन्नुभयो । डा. चालिसेले युकेमा नेपाली समाजको भविष्य उज्ज्वल देखेको मन्तव्य व्यक्त गर्नुभयो ।

DSC04923[1]

 

गैरआवासिय नेपालीहरुको संस्था एनआरएन युकेको प्रतिनिधित्व गर्दै महासचिव रामशरण सिम्खडाले साहित्यिक संस्थाहरुसँग समाजको तेस्रो आँखा साहित्यको विकास र प्रर्वदन  कार्यलाई अघि बढाउन आग्रह गर्दै उनीहरुका रचनात्मक प्रयासहरुमा एनआरएनले सहयोग गर्ने विचार व्यक्त
गर्नुभयो । बेलायतस्थित नेपालीहरुको सबभन्दा पु

रानो संस्था यतीका अध्यक्ष्य उमेश मोक्तानले प्रदर्शनमा राखिएका चित्रहरुको छनोटप्रति सन्तोष

व्यक्त गर्दै सम्बद्ध साहित्यिक संस्थाहरुको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । नेपाली साहित्य विकास परिषद युकेका संस्थापक सुरेशजंग शाहले साहित्यिक धरोहरको स्वरुप समावेशी भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो परदेशमा आप्mनो परिचय र पहिचानलाइ दिगो राख्न यस्ता तस्वीरहरुले मद्दत पुर्याउनेछ ।

DSC04881[1]

त्यसैगरी अनेसास युकेका महासचिव डा. रुपक श्रेष्ठले चित्र अनावरण कार्यक्रमको उद्येश्य र महत्वका वारेमा प्रकाश पार्दै अनेसास युके तथा नेसाविप युकेको संयुक्त प्रयास र नेपाली राजदुतको सदाशयतामा यो परिकल्पना साकार भएकोमा प्रसन्नता व्यक्त गर्नु भएको थियो । नेपालको राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रमा नेसाविपका महासचिव डा. सुधा श्रेष्ठले सहभागी महानुभावहरुलाई स्वागत गर्दै अनावरण गरिएका चित्रहरुका श्रष्ठाहरुको संक्षिप्त परिचयका साथै तिनको सान्दर्भिकताका वारेमा प्रकाश पार्नु भएको थियो । नेसाविपका अध्यक्ष्य खगेन्द्र नेपालीले परिषदले बेलायतमा रहेका साहित्यिक संस्थाहरुसँग ऐक्यवध्दता कायम गर्दै कार्यक्रमहरु संचालन गर्ने उद्येश्य अनुसार हालै महाकवि लक्ष्मीप्र साद देवकोटा : एक विश्वकवि विषयमा विचार गोष्ठि गर्दै लण्डन घोषणापत्र जारी गरिएको संस्मरण गर्दै अहिले यो महत्वपूर्ण लक्ष्य हासिल गर्न सकिएकोमा सन्तोष व्यक्त गर्नुभयो । उहाँले यस कार्यक्रम सम्प न्न गर्नमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै समारोह विसर्जन गर्नु भएको थियो । नेसाविपका वरिष्ट सहअध्यक्ष्य कोमलप्रसाद श्रेष्ठ मल्लव्दारा संचालित उक्त कार्यक्रममा अनावरण गरिएका चित्रका पाँचै सर्जकका कविताहरु पनि पाठ गरिए को थियो ।

 

DSC04879[1]

तपाईको प्रतिक्रिया