मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
balatkarरोल्पा-आफ्नै बाबुले दुवै छोरीलाई लगातार रुपमा बलात्कार गरेको खुलासा भएको छ ।
‘पहिला जेठी छोरीलाई बलात्कार गरेँ,’ माहिली छोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका जंकोट-६ का ३५ वर्षीय राजबहादुर वलीले भने, ‘जेठी छोरी विवाह गरेर गएपछि माइली छोरीलाई करणी गर्न थालेको हुँ ।’
१८ पुसमा घाँस काट्ने बहानामा गैराखुटी जंगलमा १५ वर्षीया माहिली छोरीलाई करणी गरेको आरोपमा वली २९ पुसमा घरबाटै पक्राउ परेका हुन् ।
उनी अहिले पुर्पक्षका क्रममा रोल्पा जिल्ला कारागारमा थुनामा छन् ।
जेठी छोरी समय-समयमा मूर्छा परिरहन्थि त्यसपछि स्थानीय वैद्यले उनलाई तन्त्रमन्त्र गरेदेखि राम्रो भयो, मैले पनि उसलाई बारम्बार सहबास गरें ।’ उनले थपे, ‘पछि उसले मजदुरी गरिरहेको नेपाली केटासँग विवाह गरेर गएपछि हामी नेपाल आएका हौं ।’ उनले रोल्पामा आएपछि माहिली छोरीलाई बलात्कार गर्न थालेको स्विकारेका छन् ।
उनले माहिली छोरीलाई पाँचपटक बलात्कार गरेको स्विकारे ।
तपाईको प्रतिक्रिया