Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

Robindaकाठमाडौं – सेवाही परम धर्म भन्ने मूल नारालाई अँगाल्दै विगत १३ वर्षदेखि जापानमा व्यवसाय गर्दै आइरहेका एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिमितका सदस्य रोविन्द्रप्रसाद श्रेष्ठ

(गोविन्द) ले नेपालमा सामाजिक काम गर्दै आएको सँस्था आमा घरमा एक कार्यक्रमको आयोजना गरी असहाय आमा र बालबालिकालाई आँखा जाँच र खाना खुवाउनुका साथै आर्थिक सहयोग गरेका छन् । उक्त आमा घरमा रहेका करिब ९५ असहाय आमा र बालबालिकालाई उनले सहयोग गरेका हुन् ।

श्रेष्ठले आमा घरमा रहेका आमाहरु र बच्चालाई मासु र भात खुवाउनुका साथै आँखा जाँच, आँखाको उपचार गराइदिएका छन् । यति मात्र नभएर मनका धनी रोविन्दले आमा घरमा रहेको अव्यवस्थित भान्छालाई नयाँ बनाइदिने घोषणा समेत गरे ।

कार्यक्रममा बोल्दै श्रेष्ठले आमा घरमा रहेका असहाय आमा र बालबालिकाको अवस्था देख्दा आफ्नो मन रोएको बताउँदै आफूले सानो सहयोग गर्न पाउँदा साह्रै खुसी लागेको बताए । उनले एनआरएनले मात्र नभई व्यक्तिगत तर्फबाट पनि सहयोग गर्नुपर्दछ भन्ने आफ्नो मान्यता भएकोले आफूले सहयोग गरेको बताए । भोलिका दिनमा पनि आफूले यस्तो सहयोग गर्दै जाने बताउँदै अरु एनआरएन साथीहरुलाई समेत आफ्नो कमाइको केही प्रतिशत सामाजिक काममा प्रयोग गर्न आग्रह गरे ।

आमा घरकी आमा दिलशोभा श्रेष्ठले आफूले असहाय आमा र बालबालिकालाई केवल न्यानो माया मात्र दिएको बताइन् । आफूले कुनै ठूलो कार्य नगरेको भए पनि आफूलाई सम्मानित र सहयोग गरेकोमा खुसी व्यक्त गर्दै जिन्दगी एक अवसर भएकाले सबैले आफ्नो जीवनमा केही राम्रो कार्य गर्नुपर्दछ भनि सुझाव समेत दिइन् । उनले आफूलाई जन्म दिने आमा बुबालाई सबैले माया गर्नुपर्ने बताउँदै आश्रम बनाउने तिर होइन आश्रय दिनुतिर लाग्नुपर्नेमा जोडदिइन् ।

कार्यक्रममा सबै असहाय आमाहरुको आँखाको जाँच समेत गरिएको थियो । दिलशोभाले मान्छेलाई पैसाले कहिल्यै नपुग्ने बताउँदै जापानमा व्यवसाय गरेका रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) ले आफ्नो संस्थालाई यति धेरै सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गरिन् । आमाघरमा रहेका असहाय र असक्त आमाहरुले जापानदेखि आएर आफूलाई खाना खुवाई आँखा जाँच गरेर आफूहरुलाई खाना बनाउने भान्छा निर्माण गरिदिएकोमा रोविन्द्रप्रसाद श्रेष्ठलाई धेरै धन्यवाद दिँदै खुसीले रमाएका थिए । उक्त खाना खुवाउने कार्यक्रममा श्रेष्ठका साथमा उनकी श्रीमती किमी श्रेष्ठ, आमा रनकुमारी श्रेष्ठ, भाइ राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । ***

ama ghar sahayogamaghar1amaghar2amaghar 3

तपाईको प्रतिक्रिया