Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताहरुले मुलुकलाई संवैधानिक गतिरोधको अवस्थाबाट शीघ्र निकास दिन आफूहरु सहमतिको प्रयासमा रहेको बताएका छन्। सामूहिक भेटवार्तापछि पुनः राष्ट्रपतिसँग एक्लै भेटवार्ता गरेका एमाले अध्यक्ष खनालले एमाओवादीको अध्यादेशका आधारमा शासन गर्ने पद्धतिप्रति सबै दलको गम्भीर आपत्ति रहेको बताए।
सहमति कायम नगरी कुनै पनि अध्यादेश पारित गर्न उपयुक्त नहुने दलहरूको अडानबारे आफूले राष्ट्रपतिलाई स्मरण गराएको उल्लेख गर्दै उनले अन्तरिम संविधानले गरेको व्यवस्थाअनुरुप अभिभावकीय भूमिका निर्वाह गर्न पनि आफूले राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिए।
संविधानसभाको अवसानपछि गहिरिंदै गएको संवैधानिक जटिलताबाट मुलुकलाई मुक्त गर्ने प्रयासमा आफूहरू क्रियाशील रहेको बैठकबाट बाहिरिएका दलका नेताहरूले बताए।
राष्ट्रपति रामवरण यादवसँग आज बिहान सामूहिक भेट गरेपछि शीतलनिवासबाट बाहिरिएका नेताहरूले सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै आपसी सद्भाव एवम् सहमति कायम गर्दै राष्ट्रलाई राजनीतिक एवम् संवैधानिक रिक्तताबाट चाँडो पार लगाउने प्रतिबद्धता व्यक्त गरे।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ठूलो दलको हैसियतले आफूले दलीय परामर्श थालिसकेको उल्लेख गर्दै त्यसले छिट्टै परिणाम देखाउनेमा आफू आशावादी रहेको बताए।
‘सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प छैन- राजनीतिक पार्टीहरूबीच एकता अपरिहार्य भएको उल्लेख गर्दै उनले भने। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनलगायत वर्तमान राजनीतिक सङ्कटबाट देशलाई निकास दिन एमाओवादी गम्भीर हुनुपर्नेमा जोड दिए।
विगतमा भएका सहमतिअनुरुप एमाओवादीले काम गर्नुपर्छ भन्दै सभापति कोइरालाले सहमति गर्दै जाने अनि तिनलाई कार्यान्वयन नगर्ने प्रवृत्तिले विश्वासको वातावरण बिग्रेको बताए। नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले देशलाई दिशाविहीनतातर्फ धकल्ने काम कहिँकतैबाट हुन नहुने उल्लेख गर्दै यथाशीघ्र सहमतिको सरकार गठन गर्न प्रधानमन्त्रीले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरे।
‘भिडन्तको स्थितिबाट मुक्त हुन चाँडो भन्दा चाँडो राजनीतिक सहमति गर्नेतिर लागौ- संवाद, सहमति र सहकार्यबाटै सबै जटिलताको निरुपण खोजिनुपर्दछु उनले भने।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया