Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य छाला जुत्ता तथा बस्तु उत्पादक संघ नेपालबाट सिरहा जिल्लाको सुव्वा औरही गाविसका अग्नी पिडीतहरुको सहयोगार्थ संकलित नगद तथा लत्ता कपडा सो संघले  महासंघलाई हस्तान्तरण गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष भवानी राणालाई सो संघका अध्यक्ष होमनाथ उपाध्यायले संघका सदस्यहरुबाट संकलित २५ हजार रुपैयाँ नगद र एक लाख मुल्य वरावरको लत्ताकपडा तथा जुत्ताचप्पल महासंघ सचिवालयमा हस्तान्तरण गर्नुभयो । राहत हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समिति सदस्य किशोर प्रधान र सो संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलको उपस्थिति थियो ।
सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष राणा र उपाध्यक्ष पाण्डेले विपत्तिमा परेका परिवारहरुलाई राहत संकलन गरी सहयोग पुर्‍याएकोमा संघलाई धन्यवाद दिंदै राहत सामग्री यथाशीघ्र पिडीतहरु समक्ष पुर्‍याइने प्रतिवद्धता जनाउनु भयो ।
स्मरणीय छ, सिराहाका अग्निी पीडितहरुको सहयोगार्थ महासंघद्वारा यसअघि नगद तथा लत्ता कपडा समेत गरी जम्मा ८ लाख मुल्य वरावरको राहत सामग्री पीडित परिवारमा वितरण गरीसकेको छ भने महासंघका सदस्यहरुले पनि सो कार्यमा सहयोग गरिरहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया