Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो- स्थापनाकालदेखि नै आफ़्ना ग्राहकहरुको मन जित्न सफल रेमिट्यान्स् कम्पनी क्योदाइ रेमिट्यान्स् / आइएमइले यही अप्रिल २२ तारिखदेखि नागोयास्थित नयाँ शाखामार्फ सेवा सुरु गरेको छ । आफ्ना ग्राहक एवं शुभचिन्तकको सेवा सुविधालाई ध्यानमा राख्दै कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गरी नागोयाको नाका कु, साकाइ ४-६-५ स्थित मारुकोशी विल्डिङ पहिलो तल्लामा आफ्नो ८औं सेवा विस्तार गरेको हो ।

कार्यक्रममा जापानका लागी पेरुका राजदूत एच. इ. एलार्ड एस्काला र आईएमई तथा ग्लोवल बैंक नेपालका प्रवन्ध निर्देशक चन्द्र ढकालले सामुहिक रुपमा रिवन काटी शाखा शुभारम्भको घोषणा गर्नुभएको थियो । कार्यक्रमका मुख्य अतिथि राजदूत एस्कालाले छोटो मन्तव्य राख्दै कम्पनीको सफल कार्यकालको कामना व्यक्त गर्नुभयो । सोही अवसरमा सहभागी नेपाली तथा अन्य देशका गरी करिब ३६ जनाले कम्पनीको सदस्यता लिएको क्योदाई रेमिट्यान्सका प्रवन्ध निर्देशक युइचिरो किमोतोले जानकारी दिनुभयो । यस शाखाको सेवा अन्य शाखाझैँ विहान १० वजेदेखि साँझ ७ वजेसम्म सञ्चालन हुने समेत उहाँले बताउनुभयो । कार्यक्रममा एनआरएन जापान, नेपाल तथा पेरु राजदूतावासका अन्य प्रतिनिधि, पत्रकार तथा ग्राहक-शुभचिन्तक लगायतको उपस्थिति रहेको आइएमइ जापानका प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

साथै क्योदाइ रेमिट्यान्स् / आइएमइले यही अप्रिल १५ देखि मे ३१ तारिखसम्मको लागी आमा विशेष योजनासमेत ल्याएको छ । आमा विशेष महिनाको यस आकर्षक मासिक योजनामा भाग लिई विजेता बन्न सफल विभिन्न भाग्यशाली विजेताले टेलिभिजन, आइप्याड, क्यामरा तथा नगद उपहार समेत प्राप्त गर्ने बताइएको छ । यस सम्बन्धी थप जानकारी क्योदाइ रेमिट्यान्स्को वेभसाइट www.kyodairemittance.com http://www.kyodairemittance.comतथा फेसबुकमार्फत प्राप्त गर्न सकिनेछ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया