Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- संघीय सद्भावना पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन भारतीय र बंगलादेशी नेताहरु काठमाडौं आइपुगेका छन् ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली, कंग्रेस आइका सभासद राशिका अल्बी, अल्का लम्ब, तृणमुल कांग्रेसकी सभासद शताब्दी रोय, कांग्रेस राष्ट्रवादीका प्रवक्ता तारेख अनवर र बंगलादेशका सभासद मजुर महिजदिन खान आएका छन् । विजय जोलीलाई पार्टी अध्यक्ष नितिन गढकरी र ममता बनर्जीले शताब्दी रोयलाई पठाएका हुन् ।
आजै उनीहरुले राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री बाबुराम भट्टराईका साथै विभिन्न दलका शीर्ष नेताहरुसँग भेट्दै छन् ।
तपाईको प्रतिक्रिया