Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
झापा- पत्रकार यादव पौडेल हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले खोजी गरिरहेका मदन राई बिहीबार प्रहरी नियन्त्रणमा आएका छन्। पाँचथरका स्थायी बासिन्दा २८ वर्षीय राई केही वर्षयता विर्तामोड बस्दै आएका थिए।
प्रहरी उपरीक्षक गोविन्द थपलियासँग आत्मसमर्पण गर्नुअघि राईले स्थानीय सञ्चारकर्मीसँग भेट गरी आफू हत्यामा संलग्न नरहेको जिकिर गरे । ‘यादवजीको हत्यामा मेरो कुनै भूमिका छैन,’ उनले भने, ‘तर मलाई बिनाकसुर आरोप लगाइयो ।’
चैत २२ गते पत्रकार पौडेलको हत्या भएको थियो । पौडेल हत्यामा संलग्न होटल व्यवसायी संघ झापाका पूर्वअध्यक्ष युवराज गिरी, पूर्वाञ्चल सेकुवा कर्नर एण्ड लजका सञ्चालक सोम ढकाल र मञ्जु ढकाल हिरासतमा छन् । यादवका जेठान छविलाल खतिवडाले उनीहरुसहित राईविरुद्ध पनि किटानी जाहेर दिएका थिए । ***
तपाईको प्रतिक्रिया