Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौ – श्रम तथा यातायात व्यवस्थामन्त्री मालवरसिंह थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरणअनुसार मन्त्री थापाको पोखरा उपमहानगरपालिका– १७ मा ५ आना २ पैसा क्षेत्रफलमा बनाइएको घर छ ।
यसैगरी उनको पैतृक सम्पत्तिका रुपमा स्याङ्जा कारीबोट चण्डीभञ्ज्याङ गाविस–१ मा एक रोपनीमा बनेको घर र घरले चर्चेको जमिन रहेको छ ।
स्याङ्जाको सोही ठाउँमा पैतृक सम्पत्तिका रुपमा छ रोपनी जमिन रहेको पनि उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उनको नाउँमा नेपाल बैंक लिमिटेड ललितपुर शाखामा रु १५ हजार नगद मौज्दात रहेको छ ।
आफूले बैंकबाट लिएको रु २१ लाखको ऋण छोरा बुहारीले तिर्दै आएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया