Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले  अबको  पाँच दिन  समृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्त्वपुर्ण भएको  भन्दै  थपिएको पाँच दिनभित्रै इतिहास रच्ने बताउनुभएको छ ।
शान्ति र संबिधान निर्माणमा जनस्तरबाट सुझाब  लिन  थालिएको  बिषेश टेलिफोन सम्बादमा बिहीबार बिहान पाँचरथरबासीसँग कुरा गदै उहाँले  संबिधानसभाको कार्यब्यबस्था  समितीले दिएको पछिल्लो पाँच दिनको समयभित्र  बिबादित बिषयमा  राष्ट्रिय  सहमती बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।  अध्यक्ष खनालले बिबादित पाँच बिषयमध्ये मिश्रीत निर्वाचन प्रणालीमा दलहरुबीच अनौपचारिक  सहमति भइसकेको  बताउँदै अन्य  बिषयमा रहेका मतभेदहरुमा यहि ११ गते बस्ने संबिधानसभाको बैठकअघि नै  सहमती जुट्ने दाबि गर्नुभयो ।
आफ्नै  निबास डल्लुबाट एमाले पाँचरथरका सचिब  प्रेमप्रसाद रिजाल, कांग्रेस जिल्ला सभापति नरेन्द्र केरुङ, नागरिक समाजका अगुवा प्रेम ओझा, महिला प्रतिनिधी अन्जु लामा, जनजातीका बिर्ख वाईवा र  नेपाल जातिय मुक्ति समाजका  भावानी शंकरलाई फोन गरि  सुझाब लिनुभयो ।
सुझाब  दिने सबैले  अन्तिम समयसम्म पनि दलहरुबिच सहमतीको वाताबरण नबनेको बताउँदै   नेपाली जनताको भाबनाअनुसारको  संबिधान आउनेमा  आशंका ब्यक्त गरेका छन् ।
सुझाब दिनेक्रममा एमाले पाँचथरका सचिब प्रेमप्रसाद रिजालले  प्रदेश बाँडफाँडको आधार र  त्यसको  स्थायीत्वका बिषयमा पाँचथरबासि जनतामा अन्यौलता रहेको  बताउनुभयो । उहाँले  पहिचान र सामाथ्र्यको  आधारमा निर्माण गरिने प्रदेशहरुको संख्या धेरै नबनाउन  सुझाब दिनुभयो ।
यस्तै काँग्रेसका जिल्ला सभापति  नरेन्द्र केरुङले  लडाकु समायोजनमा भइरहेको प्रगतीले शान्ति प्रक्रियाले पुर्णता पाउँछ  भन्नेमा  जिल्लाबासी बिश्वस्त रहेको भन्दै   सबै आशाबादी रहेको  हात्तिबन बैठकबाट ठोस निष्कर्ष नआएकोले  जनतामा निराशा छाएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया