Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- नेपाली सेनामा जाने माओवादी लडाकुको छनौट समितिमा प्रधानमन्त्री डा। बाबुराम भट्टराई र प्रधानसेनापति छत्रमानसिंह गुरुङले आफ्ना नातेदार नियुक्त भएका छन् ।
तीन सदस्यीय आयोगमा लोकसेवा आयोगका अध्यक्ष वा प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि र सेना समायोजन विशेष समितिका प्रतिनिधि रहनेछन् ।
प्रधानमन्त्री भट्टराईको अनुरोधमा लोकसेवा आयोगको परम्परा विर्सेर कायममुकायम अध्यक्ष कयोदेवी यमी छनौट समिति प्रमुख बनेकी छिन् । उनी प्रधानमन्त्री पत्नी हिसिला यमीकी सहोदर दिदी हुन् ।
समितिमा प्रधान सेनापति छत्रमानसिंह गुरुङले पनि आफ्ना सहोदर बहिनी ज्वाईं उपरथी दमनबहादुर घलेलाई पठाएका छन् । उनी दुई सातापछि अबकाश पाउँदै छन् ।
यमी र घले मंगलबारै छनौट समितिमा नियुक्त भएका हुन् । उनीहरु सोही हैसियतमा मंगलबारको बिशेष समिति वैठकमा समेत उपस्थित थिए । लोकसेवा आयोगका तर्फबाट भर्ना समितिमा वसेका टिकादत्त निरौलालाई फिर्ता बोलाएर यमी आफैं भर्ना समितिमा गएकी हुन् ।
तपाईको प्रतिक्रिया