Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- संघीयताविरोधी गतिविधि भएको भन्दै आदिवासी जनजाति महासंघले बिहीबारदेखि ज्ञापन पत्र बुझाउन थालेको छ ।
महासंघले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझायो । प्रचण्डले भेटमा पहिचानको आधारमा प्रदेश निर्माण हुने बताएका छन् । उनले प्रदेशको संख्या घटेपनि पहिचान सहितको संघीयता आउने बताए ।
उनले आफ्नो पार्टी पहिचान सहितको संघीयताको पक्षमा रहेको प्रष्ट्याएका थिए । पहिचान बिनाको संघीयता हुन नसक्ने उनको भनाई थियो । उनले भने- ‘चिन्ता नगर्नुस पहिचानकै आधारमा संघीयता आउँछ ।’
उनले दवाब बनाइराख्न आदिवासी जनजाती प्रतिनिधी मण्डललाई आग्रह गरे । केही भुगोलको आधारमा र केहीले अहिलेकै विकास क्षेत्रलाई संघीयता घोषणा गर्नुपर्ने भनिरहेको बताउँदै दाहालले खबरदारी जारी राख्न सुझाए ।
पहिचानको आधारमा संघीयताको माग गर्दै महासंघको टोलोली दाहालाई ज्ञापन पत्र बुझाएको हो ।
तपाईको प्रतिक्रिया