Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एबम् पर्व प्रधानमन्त्री झलनाथ खनालसंग नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद र भारतीय बिदेश मन्त्रालयका नर्थ डिभिजन प्रमुख अखिलेश्वर मिश्राबिच भेटवार्ता भएको छ ।

हिजो साँझ ६ बजे अध्यक्ष खनालको निबास डल्लुमा करिब ४५ मिनेट भएको भेटमा सेना समायोजनको आधारभुत काम सकिएपछिको अबस्था र संबिधान निर्माणमा भएको प्रगतीका बिषयमा कुराकानी भएको उहाँका स्वकिय सचिब रामबाबु अधिकारीले जानकारी दिनुभयो ।

भेटमा राजदूत प्रसाद र मिश्राले शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य सेना समायोजन सम्बन्धी आधारभुत विषय टुङग्याउँने सम्बन्धमा दलहरुवीच सहमती भएकोमा बधाई ज्ञापन गर्दै जारी शान्ति प्रक्रिया र नयाँ संबिधान निर्माण निर्धारित समयमै पुरा गर्न तपाईहरुलाई थप सफलता मिलोस् भन्ने कामना समेत गर्नुभयो ।

उहाँहरुको जिज्ञासामा अध्यक्ष खनालले पछिल्लो हात्तिबन बैठकले दलहरुबिच रहेका मतभिन्नताहरुलाई साँघुर्‍याउने काम गरेको भन्दै संविधान निर्माणका लागि विबादित ५ वुँदाहरुमा सहमतीका लागि वाताबरण तयार भएको बताउनुभयो । उहाँले शान्ति र संबिधान निर्माणको काम जेठ १४ मै पुरा हुनेमा आफु बिश्वस्त रहेको भन्दै शान्ति र संबिधान निर्माणपछि नेपालको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको रुपान्तरण हुने बताउनुभयो ।अध्यक्ष खनालले यसका लागि ठुलो अर्थतन्त्र भएका दुइ छिमेकी भारत र चिनको सहयोग नेपालका लागि आबश्यक रहेकोमा जोड दिनुभयो । सो भेटमा राजदूतले नेपालको आर्थिक विकासका लागि भारतले सक्दो सहयोग गर्न सँधै तत्पर रहेको वताउनुभयो ।

भेटको क्रममा उहाँहरु वीच नेपालको सबैभन्दा पुरानो बिर अस्पतालको परिसरमा रहेको ट्रमा सेन्टरको सञ्चालन, जयनगर-बर्दिबास रेलवे सेवा बिस्तार लगायतका बिषयमा समेत छलफल भएको थियो । ***

 

तपाईको प्रतिक्रिया