Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो- बेलायतको लेबर पार्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामाको टाउकाको मूल्य तोकेको आरोपमा आफ्ना एक सांसदलाई कारवाही गरेको छ । लेबरका सांसद नाजिर अहमदलाई उनको पार्टीले अनुसन्धानका लागि भन्दै निलम्बन गरेको छ । एक पाकिस्तानी पत्रिकाले माथिल्लो सांसद अहमदले अमेरिकी राष्ट्रपति ओबामाको टाउकाको मूल्य एक करोड पाउन्ड (१ अर्ब ३० करोड रुपैया) तोकेको लेखेको छ । पाकिस्तानको एक्सप्रेस ट्रिब्युनले पाकिस्तानी लडाकु समुह लस्कर ए तैबाका प्रमुख हफिल सइदको टाउकाको मूल्य अमेरिकाले तोकेपछि अहमदले त्यस्तो गरेको बताएका छन् ।

अमेरिकाले सइदको टाउकाको मूल्य एक करोड अमेरिकी डलर (८१ करोड रुपैया) तोकेको छ । ट्रिब्युनले लेखेको छ, ‘अमेरिकाले सइदलाई पक्रन एक करोड अमेरिकी डलर पुरस्कार तोक्छ भने म पनि ओबामा र उनी अघिका राष्ट्रपति बुस पत्रनेलाई मूल्य १ करोड पाउन्डको पुरस्कारको घोषणा गर्छु । समाचारमा अहमदले त्यसका लागि घरसहित आफ्नो सबै सम्पत्ति बेच्नका लागि तयार रहेको उल्लेख छ । तर अहमदले समाचार ‘आधारहीन’ भन्दै खण्डन गरेका छन ।

यसैबीच लेबर पार्टीले यस विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । अहमदले त्यस्तो साँचै भनेको भए त्यसको ‘कडा भत्सर्ना गर्ने बताएका छन् लेबर पार्टीका प्रवक्ताले भने- ’’जारी अनुसन्धानको लागि हामीले लर्डअहमदलाई निलम्बन गरेका छौं ।’ ‘यी टिप्पणी सही हुन भन्ने हामी त्यसको घोर निन्दा गर्छौ । त्यस प्रकारको टिप्पणी पूर्णरुपमा अस्वीकार्य छ’ उनले भनिन् । ***

 

तपाईको प्रतिक्रिया