Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- सशस्त्र प्रहरीका भगौडा जवानले आफू डीएसपी भन्दै थर्काउँदै हिडेको तथ्य खुलेको छ ।
विभिन्न मितिमा रामेछाप साँघुटार घर भई काठमाण्डौ डल्लु वस्ने खेटराज श्रेष्ठलाई मोवाइलमा पटक पटक फोन गरी म सशस्त्र प्रहरी वलको डीएसपी हुँ तलाई मेरो इन्सपेक्टर लगाई मारी दिन्छु भन्दै धम्क्याउने वाँके नेपालग१ज ५ वस्ने वर्ष ३३ को भक्तवहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले लेनदेनको व्यवहार मिलाइदिन्छु भनी रकम माग्दै हिड्ने गरेकोसमेत प्रहरीले फेला पारेको छ ।
भक्तवहादुर २०५७ सालमा सशस्त्र प्रहरी वलको प्रहरी जवान पदमा प्रवेश गरेका थिए । २०६३ माघमा सेवा छाडी भागेका उनी २०६७ सालमा नेपालगञ्जका राजु धितालको अपहरण गरी १४ लाख रुपैयाँ फिरौती पश्चात राजु धिताललाई हत्या गर्ने समुहमा संलग्न गरेपछि पक्राउ परी १० महिना कारागार सजाय भोगेका व्यक्ति हुन् ।
तपाईको प्रतिक्रिया