Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- आफ्नो यौन दुर्वलता भएपछि श्रीमतीले आफ्ना श्रीमानलाई किशोरीसँग सुत्न पठाउने गरेको खुलासा भएको छ ।
कास्की चिप्लेढुंगाकी ४५ वर्षीया मुना पराजुलीले आफ्ना ४९ वर्षीय श्रीमान विष्णुलाई किशोरीसँग सुत्न पठाउने गरेको खुलासा भएको हो । उनीहरु राजधानीको मर्निङ स्टार चिन्ड्रेन होम बालगृहका सञ्चालक हुन् ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार विष्णुले १३ देखि १५ वर्षका बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीले भनेको छ, ‘सञ्चालक विष्णु पराजुलीले आफ्नी धर्मपत्नी वर्ष ४५ को मुना पराजुलीको सहयोगमा सोही संस्थामा रहेका वालवालिकाहरुलाई विभिन्न किसिमले यौन शोषण गर्ने तथा उचित वातावरण नदिई क्रुर व्यवहार गर्ने जस्ता कार्य गर्दै आइरहेको छन् भनी सोही मर्निङ स्टार चिन्ड्रेन होम बालगृहमा वस्ने महिला वालिकाहरुद्वारा सुचना पाई महाशाखा वाट खटिएको टोलीले विष्णु पराजुली र निजकै श्रीमती वर्ष ४५ को मुना पराजुलीलाई वाँसवारीवाटै पक्राउ गरी थप कानुनी कारवाही भैरहेको हो ।’
तपाईको प्रतिक्रिया