Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- मधेसी मोर्चा र तीन दलबीच दुई दिन अघि हात्तीवन रिसोर्टमा भएको बैठकबारे बुधबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराएका छन् ।
शीतल निवासमा भएको भेटमा पछिल्लो समयमा भइरहेको शान्ति र संविधान निर्माणका प्रगतिबारे छलफल भएको स्रोतको भनाइ छ । भेटमा राष्ट्रपतिले दुई दिनसम्म दलहरुबीच हात्तीवन रिसोर्टमा भएको छलफलबारे पनि जानकारी लिएका थिए ।
भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रिया पूरा भएपछि जनतामा पनि आशा पलाएको बताउँदै संविधान निर्माण पनि तोकिएकै समयमा पूरा गर्ने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया