Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- महानगरीय प्रहरी आयुक्तको कार्यालयले जेठ १४ मा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरी उपत्यकामा नयाँ सुरक्षा रणनीति तयार गरेको छ ।
कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा जेठ १ देखि १५ सम्मको नयाँ सुरक्षा योजना मंगलबार सार्वजनिक गरेको हो ।
जेठ १४ मा संविधानसभाको म्याद सकिँदा पनि संविधान नबने हुन सक्ने बन्द, हड्ताल, तोडफोड, विस्फोट, आगजनीका घटनाको विश्लेषण गरेर सुरक्षा रणनीति तय गरेको आयुक्त कार्यालयका प्रवक्ता एवं एसएसपी रविराज श्रेष्ठले बताए ।
‘समर्थन र विरोधमा हुने क्रियाकलापहरूबाट शान्ति सुव्यवस्थामा असर पर्न नदिन सुरक्षा व्यवस्थापन चुस्त र दुरुस्त बनाउने गरी नयाँ योजना सार्वजनिक गरेका हौं,’ उनले भने, ‘यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा सुरक्षाका अन्य निकायलाई सक्रिय बनाइनेछ ।’
योजनाअनुसार प्रथम चरण जेठ १ देखि १५ सम्मको सुरक्षा योजना बनेको छ । यस अवधिसम्ममा हुने घटनाको आकलन र विश्लेषण गरी आवश्यक ठानिएमा थप रणनीतिसहित अर्को चरणको सुरक्षा योजना बनाई कार्यन्वयन गरिने उनले बताए । सम्भावित घटना रोक्न तीनै जिल्लामा गरी ५ सय ३२ सुरक्षाकर्मी थपिएको छ ।
तपाईको प्रतिक्रिया