Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
 काठमाडौं- माओवादी पोलिट्ब्युरो सदस्य तथा पूर्व शान्ति मन्त्री जनार्दन शर्माको स्वास्थ्य अवस्थामा पछिल्लो २४ घण्टामा तुलानात्मक सुधार आए पनि अझै उनी खतरामुक्त नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
स्वास्थस्थिति गम्भीर बन्दै गएपछि थप उपचारका लागि उनलाई एयर एम्बुलेन्स्मार्फत सोमवार नयाँ दिल्ली ल्याइएको थियो ।
‘सोमवार भन्दा मंगलवार शर्माको अवस्था सुध्रिएको छ तर उहाँ खतरामुक्त हुनुहुन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन । कमसेकम एक हप्ता हामी अत्यन्तै सचेत हुनुपर्छ,’ शर्माको उपचारमा संलग्न मेदान्त अस्पतालका स्नायु विशेषज्ञ अरुण गर्गले भने । नयाँ दिल्ली ल्याइए लगत्तै शर्मालाई नजिकैको हरियाणा राज्यको गुडगांवस्थित उक्त अस्पतालको अति सघन कक्षमा भर्ना गरिएको थियो ।
तपाईको प्रतिक्रिया