Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
इटहरी- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बर्तमान सरकारलाई जेठ १४ पछि पनि निरन्तरता दिने सड्यन्त्र भैरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना पुरस्कार बितरण कार्यक्रममा बोल्दै उहाँले यसमा कांग्रेस सचेत भएर लागेको बताउनुभएको हो ।उहाँले राजनितिक दलहरुबीच भैरहेको छलफललाई कांग्रेसले चासोका साथ हेरीरहेको र सहमतीमै निकास दिने दाबी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसका बिरुद्धमा षड्यन्त्र भैरहेकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियको पहलमा इटहरीका राजेन्द्र पोखरेल र नारायण पोखरेलले स्थापना गर्नुभएको पुरस्कार पं छबिलाल बालमाया पोख्रेल स्वतन्त्र पत्रकारीता पुरस्कार बितरण कार्यक्रममो बोल्दै नेतृ कोइरालाले पूर्वका ब्यास पण्डित छबिलाल पोख्रेल नेपालकै बिद्धान ब्यक्तित्व भएको बताउनुभएको छ ।
उहाँले पोखरेलले समाज परिवर्तनमा पुर्‍याउनुभएको योगदान अबिस्मरणीय रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया