Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
रौतहट-  एसएलसीमा खेताला लगाउने माओबादी सभासद प्रेमबहादुर पुलामी मंगलबार जिल्ला अदालत गौरबाट धरौटीमा छुटेका छन् । उनलाई अदालतले दुई हजार पाँच सय धरौटी लिई तारेखमा छाडेको हो ।
मकवानपुर क्षेत्र नम्बर २ बाट सविधानसभाको निर्बाचनमा प्रत्यक्ष निर्वाचित माओबादी सभासद पुलामीको नाममा परीक्षा दिईरहेका मकवानपुरको नामटार गाबिस–८ का साहित्य लामालाई श्रीउच्च माबि जुडिबेला परीक्षाकेन्द्रबाट पक्राउ गरिएको थियो । एसलएसी परीक्षा अमर्यादित बनाएको भन्दै सभासद पुलामी, पक्राउ परेका लामा र मकवानपुरका शिक्षक गोकुल लम्सालबिरुद्ध मुद्दा चलाइएको छ ।
पक्राउ परेका लामालाई अदालतले दुई साता अघि दुई हजार पाँच सय धरौटी लिई तारेखमा छाडेको थियो ।  सभासद पुलामी मंगलबार नै अदालतमा हाजिर भएका थिए ।
स्थानीय चन्द्रनिगाहपुरको जनज्योति उच्च माबिबाट कक्षा नौमा सभासद पुलामी भर्ना भएका हुन् ।
तपाईको प्रतिक्रिया