Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- संस्कृति, संविधानसभा, संसदीय ब्यवस्था तथा संघीय मामिला मन्त्री गोपाल किरातीले जातीय पहिचना सहितको स्वायत्त राज्य विरुद्ध सहमति गरेर आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले मुलुकमा  खुट्टा टेक्ने धर्तिसमेत नपाउने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री किरातीले प्रमुख नेताहरुले आफ्नो राजनीति कायम राख्ने हो भने जातीय पहिचान सहितको स्वायत्त राज्यमा सहमति गर्नु पर्ने बताए ।
साक्षात्कारमा उनले जातीय पहिचान सहितको संघीयतामा मुलुक नगए जेठ १४ पछि मुलुकमा विद्रोह गर्ने चेतावनी दिदै जनताको विद्रोह गर्ने र त्यसलाई सरकारले समर्थन गरेर संघीयतालाई कार्यान्वयन गर्ने ठोकुवा समेत गरे ।
जातीय पहिचान सहितको राज्य नबने आफू त्यसको विरुद्धमा जीवन त्याग समेत तयार रहेको स्पष्ट पार्दै कम्तिमा पनि ११ बटा राज्य हुनै पर्ने दावी गरे । उनले भने-११ वटा भन्दा कम राज्य मानिदैन । त्यसकोलागी जस्तो सुकै बलिदान गर्न पनि तयार छु ।
उनले सविधानसभाको राज्यको पुर्नसंरचना तथा राज्यशक्तिको बाडफाड समितिले तयार गरेको प्रतिवेदनको आधारमा मुलुकमा संघीयता हुनु पर्ने भन्दै त्यस विरुद्ध ८ प्रदेशमा सहमति गर्न खोजे माओवादीले नमान्ने र त्यसबेला एमाले र काग्रेससागको सम्बन्ध विच्छेद हुने चेतावनी दिए । उनले भने-जव ८ प्रदेशमा सहमति बन्छ । त्यसबेला एमाले र काग्रेससागको सम्बन्ध टुट्छ । त्यसलाई माओवादी, मधेस र हिमालले स्विकार्दैन मुलुकको अवस्था भयानक हुन्छ ।
हिमालमा शेर्पा, जडान र लिम्बुवान जस्ता राज्यको सुनिश्चिता नभए मुलुकको आन्तरिक सुरक्षामै खतरा आउने भन्दै त्यस्तो खतरा आन्तरिक र बाह्य दुबैबाट हुने चेतावनी दिए ।
अरु दलले भने जस्तो अहिले सरकार परिवर्तनको आवश्यकता नरहेको स्पष्ट पार्दै मन्त्री किरातीले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वकै सरकारले संविधान जारी दावी गरे ।
संविधानको विवादित विषयमध्ये मिश्रति निर्वाचन प्रणालीमा बढी प्रत्यक्ष निर्वाचित हुने गरी गर्ने सहमति भएको भन्दै शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित हुने कार्यकारी राष्ट्रपतिय ब्यवस्था हुनु पर्ने अडान प्रस्ततु गरे । उनले राजनीतिक स्थायीत्व, विकास, राष्ट्रिय एकता, दिगो सरकारकालागी पनि राष्ट्रपतीय ब्यवस्था अनिवार्य रहेको तर्क गरे ।
तपाईको प्रतिक्रिया