Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- स्वेच्छिक अवकाश रोज्ने माओवादी लडाकुको पुनर्वर्गीकरणको काम मंगलवार सकिँदैछ ।
शिविरमा रहेका ९ हजार ७ सय ५ लडाकुमध्ये अब ४ हजार दुईसय २६ लडाकु मात्र बाँकी छन् । अरुले स्वेच्छिक अवकाश रोजिसकेका छन् ।
स्वेच्छिक अवकाश रोज्न मंगलवारसम्म समय भएकाले यो संख्या अझै घट्ने सेना समायोजन विशेष समिति सचिवालयले जनाएको छ ।
नवलपरासी र चितवनमा वर्गीकरणको काम सकिएको र अरु ठाउँमा पनि मंगलवार सकिने सचिवालय सदस्य दिपकप्रकाश भट्टले जानकारी दिनुभयो ।
दलहरुबीच ६ हजार ५ सय लडाकुलाई सेनामा समायोजन गर्ने सहमति भएपनि समायोजन हुन चाहने लडाकुको संख्या त्यो भन्दा निकै कम हुने देखिएको छ ।
अवकाश रोज्ने लडाकुको विदाई प्रकृया सकिएपछि सेना समायोजनको बाँकी कामबारे छलफल गर्न मंगलवार विशेष समितिको बैठक बस्दैछ ।
बैठक बेलुकी ५ बजे विशेष समिति सचिवालय नयाँ बानेश्वरमा बस्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया