Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- भारतीय गृहमन्त्री पी चिदम्बरमले नेपाल आतङ्कवादीहरुको प्रवेश मार्ग भएको बताएका छन् ।
नेपाल र बङ्गलादेशबाट आतङ्कवादीहरुले नयाँ नयाँ बाटो प्रयोग गरी भारत प्रवेश गरिरहेकोले सुरक्षा खतरा बढेको भन्दै उनले गम्भीर चासो व्यक्त गरेका छन् । मुख्यमन्त्रीहरुको वार्षिक सम्मेलनको उद्‍घाटनका क्रममा उनले भने, ‘नेपाल र बङ्गलादेशबाट नयाँ नयाँ रुटहरु प्रयोग गरी हरेक साता भारतमा अवैध रुपमा प्रवेश गर्ने प्रयास भइरहेको हुन्छ ।’
बैठकमा भारतीय गृहमन्त्री त्यहाँका केही राज्यहरुमा माओवादीहरुको बढ्दो प्रभावबारे पनि चिन्ता जनाएका थिए।  उनीहरुले लोकतन्त्रका उपलब्ध सबै हतियार वाक स्वतन्त्रतादेखि बन्द र न्यायिक उपचारसम्मका बाटो प्रयोग गरेको चिदम्बरमले बताए।
भारतका कयौँ सहरी इलाकासमेत माओवादीसमर्थित गतिविधिका नयाँ केन्द्र बन्दै गएको भन्दै उनले चिन्ता जनाएका थिए।
तपाईको प्रतिक्रिया