Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
अर्घाखाँची- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति र संविधान जारी नगरी बाबुराम भटराई नेतृत्वको सरकारले नछाड्ने बताएका छन् ।
सोमबार यहाँको शान्ति उच्च मावि बाँगीको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति र संविधानको लागि बाबुरामको नेतृत्व बिना सम्भव नभएको दावी गरे ।  राजावादी र मोहन वैद्य समूहले अनेका बखेडा झिकी शान्ति र संविधान भाँडन खोजेको रायमाझीले आरोप लगाए ।
‘यो अवस्थामा वैद्यले क्रान्ति, युद्धका कुरा र राजावादीहरुले ज्ञानेन्द्रलाई ब्युँताउन खोज्नुको कुनै अर्थ छैन,’ माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमाझीले भने, ‘९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा छन् ।’ उनले सबै दलहरु र अन्तरराष्ट्रिय शक्तिले बाबुरामको नेतृत्वमा संविधान निर्माण गर्न चाहेकाले पनि कसैले चाहेर पनि रोक्न नसक्ने बताए । ‘सेना समायोजनको काम लगभग सकिएको छ,’ उनले भने, ‘अब शान्ति प्रक्रियाको काम वैशाख भित्र सकिने र जेठ १४ गते जनताको संविधान जारी गर्न सरकार दृढ रुपमा लागि परेको छ ।’ रायमाझीले जसरी पनि जेठ १४ भित्र संविधान घोषणा भएरै छा्डने बताए । ***
तपाईको प्रतिक्रिया