Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
मुम्बई- भारतमा बलिउडमा अभिनय गरिसकेकी नेपाली अभिनेत्री मिनाक्षी थापाको हत्या गरिएको छ। शनिबार राति थापा हत्याको आरोपमा भारतमा दुई पक्राउ परेका छन् । मिनाक्षी फिल्म ‘४०४’ र केही टेलिभिजन कमर्सियलमा देखिएकी थिइन् ।
बलिउडको चलचित्रमा छोटो समय अभिनय गरिसकेकी २६ वर्षीय थापाको भारतकै गोरखपुरमा हत्यापछि टाउको काटिएको थियो।
प्रहरीले ३६ वर्षीय अमित जयसवाल र २६ वर्षीय प्रिती एलभिना सुरिनलले मृतक थापाको टाउको दुई दिनसम्म राखेर मुम्बई फर्कने क्रममा बसबाट फालेको बताएको छ।
पक्राउ परेका अभियुक्तहरुले मिनाक्षीका आमा र भाइसँग रकम माग गरेको बताइएको छ । रकम नदिए मिनाक्षीको पोर्न भिडियो बनाउने र हत्या गर्ने धम्की दिएको प्रहरी अधिकारीले बताएका थिए। ***
तपाईको प्रतिक्रिया