Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- भारतीय सेनाका पूर्व जनरल एवम नेपाल मामिलाका जानकार डा. अशोक मेहताले मधेसमा दुई देखि तीन प्रदेश उपयुक्त हुने तर्क गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा जनरल मेहताले मधेसमा विभिन्न जातजाती भएकोले पनि समग्र मधेस एक प्रदेश दिगो हुन नसक्ने तर्क गरे । उनले दावी गर्दै भने-प्रदेश निर्माण गर्दा स्थायीत्व  र राजनीतिक रुपमा पहिचन हुने गरी गर्नुपर्छ । समग्र मधेस एक प्रदेश दिगो हुनसक्दैन त्यहा थारु सहितका विभिन्न जात जाती छन । कसैको पनि बहुमत छैन नेपालमा ।
साक्षात्कारमा भारतीय सेनामा गोर्खा पल्टनको समेत नेतृत्व गरेका जनरल मेहताले जातीय आधारमा नेपालमा राज्य हुन नसक्ने समेत स्पष्ट पारे ।
मेहताले भने-भारतमा तीन वर्षमा संविधान बन्यो । अहिले सम्म एकसय पटक भन्दा बढी संसोधन भईसक्यो त्यसैले समयको चाप छ भनेर हतारमा निर्णय गर्नुहुँदैन । हतारमा जारी गर्नु हुँदैन ।
नेपालमा के गर्ने भन्ने प्रत्येक विषयमा नेपालीलेनै निर्णय गर्नुपर्ने भन्दै जनरल मेहताले नेपालमा बहुदलीय शासन प्रणाली उपयुक्त हुने तर्क गरे । यद्यपि उनले बाहिरियाले भनेको कुरालाई सुन्ने तर निर्णय भने नेपाली आफैले गर्नुपर्ने सुझाव दिए ।
उनले नेपालमा सेना समायोजनको काम माआवादीको बैद्य पक्ष शान्तिको लाईनमा नआईकन पूर्ण रुपमा सफल हुन नसक्ने भन्दै समायोजनको महत्वपूर्ण काम सुरु भए पनि यसमा अवरोध भने आईरहने आशंका ब्यक्त गरे । उनले भने-‘माओवादीभित्रको दुई लाईन संघर्ष जारी रहुन्जेलसम्म पनि समायोजन प्रक्रिया सत प्रतिसत सफल हुन सक्दैन ।’
माओवादीमा शक्ति हत्याउने सोचबाट परिवर्तन आईसकेको भन्दै अब माओवादीलाई सबैले समर्थन गर्नुपर्ने उनको तर्क थियो । उनले आफ्नो र भारत सरकारको समेत माओवादी प्रतिको धारणामा परिवर्तन आईसकेको भन्दै मेहताले जनताले चुनेर ठूला पार्टी बनाएको माओवादीलाई अब भारतले मात्रै केही गर्न नसक्ने ठोकुवा गरे ।
उनले भने-माओवादीको सरकार बन्छ, उ ठूलो पार्टी हुन्छ भनेर कसैले सोचेको थिए। सबै माओवादीलाई जित्न नदिऔ भन्ने पक्षमा थिए । तर जनतले उसलाई ठूलो दल बनायो अब कसैले पनि केही गर्न सक्दैन । पहिला माओवादीको चालचलनको विरोध गरेको हो । अब माओवादीमा परिवर्तन आईसकेपछि सबैको सोचमा परिवर्तन हुनुपर्छ । ***
तपाईको प्रतिक्रिया