Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- राष्ट्रिय एकता संघर्ष मञ्चले ठूला दलका ठूला नेताहरु विदेशीको ईशारामा चल्ने भएको उनीहरुले बनाएको संविधानले नेपाल र नेपालीको हित नगर्ने आरोप लगाएका छ ।
राष्ट्र, राष्ट्रियहित र मौलिक एकता विना नेपाली समाज अगाडि बढ्न नसक्ने ठोकुवा गर्दै राष्ट्रिय एकता संघर्ष मञ्चले स्वाधिन राष्ट्रको स्वतन्त्र अस्तित्वलाई ठूला नेताहरुले बेच्न लागेको आरोप लगाएको हो ।
सोमबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले गद्दार र धोकेवाज नेताहरुको कारण मुलुकको भविष्य अनिश्चित र अन्धकारपूर्ण बन्दै गएको दावी गर्दै विदेशीहरुको इसारामा नेपाली राष्ट्रियतालाई कमजोर बनाउने गद्दार राजनीतिक एजेन्डाहरुलाई  नेपाली जनताले माफी नदिने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष शोभाराम थापाले  शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याएर नेपाली मौलिकतामा आधारित संविधान जारी गर्नुपर्ने विषयबाट भागेर जातीय गणराज्य, धार्मिक झगडा, भाषिक लडाई, साँस्कृति विचलन निम्त्याएर मुलुकलाई विखण्डन गर्न खोजेको आरोप लगाए ।
बरिष्ठ उपाध्यक्ष किरण केसीले विविधताबीचको एकतालाई प्राप्त गर्नुको सट्टा निषेधको राजनीति गर्ने, राष्ट्रिय शक्तिलाई सन्तुलित गर्न नसक्ने दलहरुबाट क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनबाट बाँच्ने नेताहरुबाट भरोसा गर्न नसक्ने भन्दै ठूला दलहरुको अपवित्र गठबन्धनले मुलुक विखण्डनको मुखतिर धकेलिदै छ, हामी त्यस्ता कदमको प्रतिकारमा उत्रने छौं । ***
तपाईको प्रतिक्रिया