Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं – जापनिज इन्सेफ्लाइटिसले अचेत भएपछि माओवादी पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्मालाई सोमबार अपरान्ह नयाँदिल्ली लगिएको छ ।
नयाँदिल्लीबाट मगाइएको एयर एम्बुलेन्सबाट थप उपचारका लागि उनलाई नयाँदिल्लीको गुरगाउँस्थित मेदान्त अस्पताल लगिएको हो ।
जापनिज इन्सेफ्लाइटिसले च्याप्दै गएपछि शर्मालाई तीन दिनअघि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । परिवारिक स्रोतका अनुसार आइतबारदेखि शर्मा अचेत थिए ।
रुकुम क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित सभासद् शर्मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको माओवादी-एमाले-फोरमबीचको गठबन्धन सरकारमा शान्ति मन्त्री थिए । ***
तपाईको प्रतिक्रिया