Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- राजधानीबाट करिब १० किलोमिटर दूरीस्थित काठमाडौं, सेतीदेवी गाविस-१ को डाँडामा रहेको उपत्यकाको मनोरम दृश्य देखिने हात्तीवन हिमालय हाइट रिसोर्टमा दलहरुबीच संविधानका विवादित विषयमा सहमति खोज्न आवासीय बैठक सोमबार पनि जारी छ ।
बैठकमा एउटा ठूलो कोठा सामूहिक छलफलका लागि तयार छ भने बेग्लाबेग्लै छलफलका लागि अरु कटेज व्यवस्था गरिएको छ । आइतबार पनि दिनभर छलफल गरेका नेताहरु सोमबार बिहानको खाजापछि सामूहिक छलफलमा जुटे ।
सामूहिक छलफलमा सहमति नभएपछि बिहान १० बजेदेखि चार अध्यक्षहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारबीच छलफल भएको छ ।
बैशाख ५ गतेभित्रै सहमति गर्नुपर्ने भएकाले विवादित चार विषयमध्ये केहीमा सहमति हुने प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दलहरुको सौहार्दपूर्ण छलफलले कुनै निकास दिन्छ ।’
प्रमुख राजनीतिक दलका अध्यक्षलगायत अढाइ दर्जनभन्दा बढी शीर्षनेताले फर्पिङनजिक ‘हात्तीवन हिमालय हाइट रिसोर्ट’मा रात बिताएका  छन् । विवादित प्रमुख विषय निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री बाबुराम भट्टराईले आयोजना गरेको छलफल संघीय ढाँचामा राज्य पुनर्संरचना विषयमा केन्द्रित छ।
सोमबार अपराह्न ४ बजेसम्म निष्कर्ष निकाल्ने गरी बैठक आयोजना गरेको प्रधानमन्त्रीले बताएका छन्।
बैठकमा माओवादी, कांग्रेस र एमालेका ८-८ जना सहभागी हुने तयारी गरे पनि एमालेका केपी ओली गएनन्। मधेशी मोर्चामा सामेल पाँच दलका पाँच जना बैठकमा छन्। बुक गरिएको कोठाले नपुगेपछि केही नेताहरू एउटै कोठामा २-२ जना बसेका थिए।
बैठकमा चिनियाँ शासनशैलीको जनवादी संविधान बनाउनुपर्ने विचार राख्ने माओवादी मोहन वैद्य पक्षका पनि चार नेता बैठकमा छन्। एक सहभागीका अनुसार वैद्य पक्षका नेता वैद्य आफैं, रामबहादुर थापा, देव गुरूङ र हितमान शाक्य सहभागी छन्। राज्य पुनर्संरचनाका विषय भएकाले शाक्य पनि बैठकमा गएको ती सहभागीले बताए।
तपाईको प्रतिक्रिया