Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024
काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको सरकारका गृहराज्यमन्त्री रिजवान अन्सारी जतिबेला चर्चित भए, त्यतिबेला उनले राजीनामा दिएका थिए ।
तत्कालिन गृहमन्त्री भीम रावलले जिम्मेवारी नदिएको भन्दै राजीनामा दिएको अन्सारीजस्तै चर्चा कमाउन केही मधेसी दलका तर्फबाट राज्यमन्त्रीहरुले सुर कसेका छन् । अहिले गुनासो सुनाउन मन्त्रालय जाने जनतासँग राज्यमन्त्रीहरुले उल्टै आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो थुपारेर पठाउने गरेका छन् ।
कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’, सञ्चार राज्यमन्त्री सुरिताकुमारी साह, स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आफूलाई जिम्मेवारी नदिए पद छाड्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादव भन्छन्- ‘शाखा अधिकृतले पनि नटेर्ने मन्त्री भएर बस्नुको अर्थ छैन ।’ एक राज्यमन्त्रीले नाम नछाप्ने शर्तमा भने- ‘हामी त मन्त्रीको पीएजत्तिको हैसियतमा पनि छैनौं, गुनासो सुनाउन आएमा मन्त्री भेटिँदैनन्, हामी गुनासो सुन्ने र मन्त्रीलाई भनिदिउँला भन्नेमात्र छौं ।’
तपाईको प्रतिक्रिया