आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- माओवादीका अध्यक्ष पुष्पकमल दाहालको समूहमा तीन गुट देखिएका छन् । उनीहरुले उपाध्यक्ष मोहन बैद्य र बाबुराम भट्टराईसँग नजिक हुने विषयमा फरक-फरक गुट देखाएका छन् । अन्तरसंघर्ष कसरी सञ्चालन गर्ने र त्यसलाई कहाँसम्म पुर्‍याउने भन्नेमा दाहाल र बैद्यका गुटहरुमा तीन-तीन र भट्टराईको गुटमा दुई गुट देखिएका छन् ।
दाहालको गुटमा उनैलाई सर्वेसर्वा बनाएर अधिकारसम्पन्न बनाउनुपर्नेमा पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेतलगायत देखा परेका छन् भने बैद्यसँग सहकार्य गरेर जानुपर्नेमा पोलिट्ब्युरो सदस्य जनार्दन शर्मा देखिएका छन् । त्यसैगरी, बैद्यलाई पेलेर भट्टराईसँग सहकार्य गर्नुपर्ने मत स्थायी समिति सदस्य वर्षमान पुनले राखेका छन् ।
अध्यक्ष दाहालका विरुद्ध सङ्घर्ष गर्नेमा कुनै मतभेद नभए पनि उपाध्यक्ष मोहन वैद्य समूहमा त्यसलाई कसरी र कहाँसम्म अघि बढाउने भन्नेबारेमा भने मतभेद छ ।
तपाईको प्रतिक्रिया