आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं– राजनीतिमा लाग्दा यस्तो विजोग हुने थाहा भएको भए अरु नै क्षेत्रतिर जाने बताएका माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले फेरि अर्को समस्या उजागर गरेका छन् ।
‘कोठा भाडा तिर्न नसकेर कोठा जानै छाड्नै छाड्नुपर्ने भयो,’ बुधबार साँझ फेसबुकमा उनले लेखेका छन्, ‘६० हजार किलोमिटर कुदेको बाइकमा तेल हाल्ने पैसा नभएर थन्किएको छ । साँच्चिकै सर्वाहारा भइयो ।’
न्यौपानेले माओवादीमा सवैको यस्तै भए आफूले पनि चित्त बुझाउने बताउँदै अगाडि लेखेका छन्– ‘तर कतिपय धन कुवेर बनिसकेको हल्ला बाक्लो छ । कस्तो बेमेल ?’
न्यौपानेले बुधबार नै पार्टीप्रतिको वितृष्णापूर्ण अभिव्यक्ति पनि सार्वजनिक गरेका छन् । भनेका छन्- ‘ऐठानको यात्रा दोबाटोमा पुगेपछि पात्रभित्र विद्रोह जन्मन्छ । छलफलमा छल मात्र हुने फल नहुने प्रवृत्ति विरुद्ध पात्र तरबार उठाउँछ । अब भने बाटो सोझिए जस्तो । प्रतिक्रान्तिकारी शक्ति जिउँदै हुँदा माओको दिशानिर्देश जस्तै सिरानी हालेर ढुक्कसँग सुत्नुहुँदैन । निष्कर्ष निस्कन्छ गतिका साथ, आखिर हाम्रो वर्गले विगुल फुक्दा कि मुक्ति कि मृत्यु भनेकै त हो ।’
तपाईको प्रतिक्रिया