आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
धनगढी–  हिन्दु धर्मवादी संस्था हिन्दू धर्म बचाउ अभियान नेपाल र स्नेही महिला जागरण नेपालले आफूले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री र नेताहरुले निम्तो नमानेको भन्दै दुई दिने सुदूरपश्चिम आमहड्ताल गरेका छन् ।
हड्तालका कारण बुधवार यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बन्दका कारण यस क्षेत्रमा यतायात, शिक्षण संस्था, उद्योगधन्द, पसल प्रभावित भएका छन्।
लामो तथा छोटो दूरीका सवारी साधन नचल्नाले यात्रुहरुलाई सास्ती भएको छ। पूर्व प्रधानमन्त्रीहरुले आमन्त्रण अस्वीकार गरेको भन्दै ती संस्थाले दुई दिने आमहड्ताल गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया