आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
बाग्लुङ– नेकपा एमालेका सचिव शंकर पोखरेलले स्थानीय निकायमा रहेको सर्वदलीय संयन्त्र भंग गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको बताएका छन् । सर्वदलीय संयन्त्र भंग गरेर कर्मचारीको हातमा बुझाउने निर्णयले भ्रष्टाचार अझ बढाउने उनले बताएका छन् ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा बाग्लुङ बुधवार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोख्रेलले सरकारको निर्ण अन्तरिम संविधानको भावना विपरित भएको टिप्पणी गरे ।
‘कि स्थानीय निकायको निर्वाचन गर्नु पर्‍यो,’ उनले भने- ‘होइन भने सर्वदलीय संयन्त्र भंग गर्नु हुँदैन ।’ पोख्रेलले माओवादीको कारण शान्ति र संविधानले गतिलिन नसकेको बताए । माओवादीलाई विश्वास गर्दा फसिएको बताए ।’माओवादीले विगतमा गरेका सम्झौतालाई कायान्वयन ल्याएको छैन,’ उनले भने-‘विश्वास गर्दा फसिएको हो । अब प्रतिबद्धता होइन कार्यान्वयन गर्नुपर्छ ।’ उनले हतियार सहितका लडाकुलाई व्यवस्थापन नगर्दा सम्म संविधान जारी नहुने बताए ।
तपाईको प्रतिक्रिया