आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौँ- दुई सभासद्को कुटनीतिक (रातो) पासपोर्ट दुरुपयोग गरेको आरोप लागेका सन्तोष उप्रेतीलाई विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी मागेको छ । उनले सभासद्हरुको पासपोर्ट लिई घुस खुवाई अर्कै व्यक्तिलाई विदेश पठाएको आरोप छ । उप्रेती अदालतमा हाजिर हुन आएकामा उनको बयान कार्य सकिई आज थुनछेक आदेश भएको हो ।
अदालतले सभासद् शिवपुजन राय समेत प्रतिवादी भएको मुद्दामा १५ लाख रुपियाँ र विश्वनाथ यादव भएको मुद्दामा ३० लाख रुपियाँ गरी जम्मा ४५ लाख धरौटी माग गरेको छ ।
तपाईको प्रतिक्रिया