आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
विराटनगर- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कुनैपनि हालतमा मैदान छोडेर नभाग्ने बताउनु भएको छ ।
मंगलबार विराटनगरमा पुर्वाञ्चल क्षेत्रीय विकास गोष्ठीको उद्‌घाटन गर्दै प्रधानमन्त्री भट्टराईले भने, ‘शान्ति र संविधान पूरा नभएसम्म वर्तमान सरकार मैदान छोडेर भाग्दैन ।’
भट्टराईले सरकारका काम कारवाहीलाई मनोवैज्ञानिक हिसावले त्रसित पार्नका लागि सरकार ढल्ने हल्ला चलाईएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकारको दायित्व शान्ति र संविधान हो, त्यसैले कसैले भन्दैमा मैदान छाडेर सरकार भाग्दैन ।’ यो सरकार शान्ति र संविधानको कार्य पुरा नगरि नढल्ने दावी उहाँले गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईले राजनीतिक तरलताका कारण सोचे जस्तो आर्थिक विकास हुन नसकेको भन्दै उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन उद्योगीहरुलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया