आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
भारत- भारतको नाशिकमा आइतबार साँझ एक नेपाली युवकको हत्या भएको छ । सँगै काम गर्ने नेपालीको विना कारण हत्या भएपछि त्यहाँका अन्य नेपालीहरु समेत त्रसित बनेका छन् ।
नयाँ बर्षको अवसरमा होटलमा आएका आठ जना युवाहरुसँग सामान्य विवाद हुँदा एक मालाखेती-४ धनगढी, कैलालीका ३३ वर्षीय पदमबहादुर कठायतले ज्यान गुमाउनु परेको हो । विगत नौ महिनादेखि नाशिकको अम्बाडस्थित एक होटलमा कुकको काम गर्दै आएका कठायतको स्थानीय युवाहरुसँग खानपिनको क्रममा आइतबार साँझ सामान्य विवाद भएको थियो । पछि त्यही समूहले राति उनलाई सुतेकै ठाउँबाट उठाएर एकान्त ठाउँमा पुर्याई निर्ममतापूर्वक हत्या गरेका थिए ।
मृतक कठायतको शरिरमा  चाकु र तरबारका गहिरो डामहरु रहेको अखिल भारत नेपाली एकता मञ्चका नाशिक अध्यक्ष शिव महतले जनाएका छन् । कठायतको शव सोमबार बिहान जंगलमा फेला परेको थियो ।
मृतक कठायत शेर सिंह कठायतका छोरा हुन भने उनको नेपालमा श्रीमति र दुई छोराछोरी रहेका छन् ।
तपाईको प्रतिक्रिया