Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमण ५० मिनेट ढिला हुने भएको छ । ११ बजे काठमाडौं आउने भनिए पनि ११:५० मा मात्र बेन त्रिभूवन विमानस्थल ओर्लनु हुने भएको छ । तर यसबारेमा सरकारले भने अझैसम्म औपचारिक जानकारी गराएको छैन ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले यसबारेमा औपचारिक जानकारी गराउने जिम्मा परराष्ट्रमन्त्रीलाई दिए पनि परराष्ट्रमन्त्रालय केही बोलेको छैन । मन्त्री परिषद्को बैठक पछि अर्थमन्त्री वर्षमान पुन अनन्तले भ्रमण शान्ति, संविधान, आर्थिक सहयोग प्रदान, सांस्कृतिक आदान प्रदान  र विप्पा सम्झौतामा छलफल लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
अहिले चिनले दिँदै आएको सहयोग वार्षिक एक सय पचास युआनबाट बढाएर दुई सय युयान पुर्‍याइने छ । त्यस्तै नेपाल प्रहरीका लागि १० करोड र सशस्त्र प्रहरी प्रतिष्ठान निर्माणका लागि पनि सहयोगको घोषणा हुने छ । हवाई जहाज खरिद्, पोखरा विमानस्थलका विस्तार, सुख्खा बन्दरगाह निर्माण, पश्चिम सेती र बुढीगण्डकी जलविद्युत्त आयोजना, विशेष आर्थिक क्षेत्र स्थापना, उत्तरका तीन नाकाबाट दक्षिणतर्फ जोड्ने सडक लगायतका विषयमा पनि छलफल गर्ने तयारी भएको श्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया