Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- राजनीतिक दलका नेता र विदेशमामिलाका जानकारहरुले माल्दिभ्सको राजधानीमा मालेमा हुने १७ सार्क शिखर सम्मेलनमा नेपालले विगतका सम्झौताहरुको कार्यान्वयनमा जोड दिनु पर्ने सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका नेता भीम रावलले सार्कमा धेरै सम्झौता भएको भन्दै अब नयाँ सम्झौता गर्नुभन्दा पनि पहिलाका सहमति कार्यान्वयमा नेपालले जोड दिनु पर्ने धारणा राखे । साक्षात्कारमा उनले भने-सार्कमा धेरै सम्झौताहरु भए अब सहमति गरेर मात्रै होईन नेपालले ठोस उपलब्धि हुने गरी कार्यन्वयनमा जोड दिनु पर्छ । उनले थपे-सार्कको स्थापना मितिले यो बयस्क भईसक्यो तर उद्देश्य पुर्तिको हिसावमा अझै शिशु जस्तै छ ।
उनले मुलुकभित्र आन्तरिक रुपमा सहमति नगरी सम्झौता गर्ने परम्पराले सम्झौताहरु कार्यान्वयन हुन नसकेको भन्दै क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर मुद्दाहरुलाई उठान गर्नु पर्नेमा जोड दिए । उनले संसार अहिले आर्थिक एजेण्डाबाट सम्बन्ध विस्तारमा लागेकोले सार्कलाई पनि आर्थिक हितको फोरमको रुपमा विकास गर्नु पर्ने बताए । उनले क्षेत्रिय अखण्डता, आर्थिक, शिक्षा, सास्कृतिक र गरिवि निवारणका मुद्दामा सार्कलाई केन्द्रीत गर्न पनि आग्रह गरे ।
नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले सार्कको साझा भेटघाटको थलोको रुपमा मात्र उपयोग भईरहेको उल्लेख गर्दै राजनीतिक रुपमा दक्षिण एसीया स्थीर नभएसम्म सार्कबाटकेही उपलब्धि हासिल हुन नसक्ने दावी गरे ।
उनले गरिवी निवारण देशकै आन्तरिक विषय भएकोले नेपालले आर्थिक एजेण्डालाई उठाउनु पर्ने बताए। डा. महतले निर्वाध ब्यापार, भन्सार सहुलियत, क्वारेन्टाईन, गुणस्तर, ट्रान्जिट पोईन्ट लगायतका समस्याका विषय कुरा उठाउनु पर्ने बताए ।
उनले आतंकबाद, एसियन हाईवे, उर्जाको विकास, रेल विस्तार र लगानीको कुरालाई पनि सार्कमा छलफल गरिनु पर्ने बताए ।
एकीकृत नेकपा माओवादीका नेता राम कार्कीले राजनीतिक भेटवार्ताको औपचारिक थलोको रुपमा मात्र सार्क रहँदै आएको भन्दै आर्थिक सम्बन्धलाई प्रवर्द्धन गर्न सके सार्क उलब्धिमुलक हुने बताए ।
उनले भारत र पाकिस्तानको राजनीतिक सम्बन्धले सार्कलाई प्रभावित पार्ने गरेकेा भन्दै आर्थिक विषयलाई प्रमुखता दिए सार्कलाई प्रभावकारी फोरमको रुपमा विकास गर्न सकिने दावी गरे । उनले नेपालले छिमेकी को विकासबाट अर्को छिमेकीले लाभ लिन नसकेके प्रगति स्थायी हुन नसक्ने विषयमा सार्कलाई कन्भीन्स गर्न सकिने बताए । उनले सार्कको फोरमलाई उपयोग गर्दै द्धिपक्षीय वार्ताका माध्यमबाट नेपालले राधिकापुर मार्ग र निर्वाध समुद्रसम्म पहुचको कुरा उठाउनु पर्ने बताए ।
सार्कका पूर्व महासचिव यादव कान्त सिल्वालले सार्क राष्ट्रका द्धिपक्षीय मुद्दाले सार्क ओझेलमा परेको भन्दै सार्कको औचित्य नै सकियो भन्ने धारणा सहि नभएको बताए । उनले दक्षिण एसीयाको क्षेत्रीय ख्याती बढाउन सार्क उपयूक्त फोरमको रुपमा रहेको भन्दै क्षेत्रीयबादलाईअगाडि बढाउन र पुराना सहमतिहरु कार्यान्वयमा लाग्नु पर्नेमा जोड दिए । उनले पुराना सहमति कार्यान्वयनकालागी संयन्त्र बनाएर अगाडि बढ्ने विषयमा नेपालले कुरा अगाडि बढाउनुपर्ने सुझाव दिए । उनले सार्कको औचित्य भने कायमै रहेकोमा जोड दिए ।
तपाईको प्रतिक्रिया