Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली सोमबार बिहान अमेरिका पुगेको छ । प्रचण्ड नेतृत्वको टोलीले सोमबार राति देखि राजनीतिक भेटवार्ता थाल्ने उहाँको नीजि सचिवालयले जनाएको छ ।
प्रचण्डले आजै अमेरिकामा रहेका नेपाली काँग्रेसका नेता रामशरण महतसँग समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुहुनेछ । त्यस्तै प्रचण्डले लुम्बिनीको विकासबारे जापानी संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
जापानी संस्थासँग लुम्बिनीको विकासमा केन्द्रीत रहेर छलफल हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ । लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघ लगायत बिभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली दुई दिन अघि अमेरिका प्रस्थान गरेको थियो ।
प्रचण्डले नेपालको सामाजिक आर्थिक विकास र लुम्बिनीको विकासका विषयमा राष्ट्रसंघ महासचिव बान की मुनसँग मंगलबार राती भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । माओवादी अध्यक्ष प्रचण्ड  कात्तिक २७ गते काठमाडौं फर्किने कार्यक्रम छ  ।
तपाईको प्रतिक्रिया