Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो- गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तरराष्ट्रिय समन्वय परिषदको पांचौ विश्व सम्मेलन आज बुधबार देखि काठमाडौंमा शुरु हुंदैछ । सम्मेलनको प्रधानमन्त्री  डा. बाबुराम भट्टराईले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा औपचारिक रुपमा उम्मेदवारी दर्ता हुनुअघि नै चुनावी सरगर्मी अत्यन्तै बढेको छ । बिश्वका ५३ देशमा बस्ने एनआरएनहरुले आफू बसेको देशबाट सम्मेलनमा भाग लिन आउँदा नै आ-आफ्नो एजेन्डा र उम्मेदवारी दिनका लागि तयारीका साथ आएकोले औपचारिक रुपमा उम्मेदवारी दर्ता हुने दिनअघि नै चुनावी सरगर्मी बढेको हो।

अध्यक्षमा रसियाबाट जीवा लामिछाने र जापानबाट वर्तमान अध्यक्ष देवमान हिराचनबीच तिब्र प्रतिष्पर्धा हुने स्पष्ट संकेत देखिएको छ।

“हाम्रो सञ्जाल हाम्रो पहिचानः समृद्ध नेपाल” भन्ने नाराका साथ आज १२ अक्टोबरवाट सुरु हुने सम्मेलन १४ अक्टोबरसम्म चल्ने छ । बुधबार उदघाटन सत्र र उम्मेदवारी दर्ता, बिहिबार बन्दसत्र तथा  विभिन्न विषयमा प्रस्तुत कार्यपत्र माथि छलफ़ल र निष्कर्ष गरिने छ भने शुक्रबार उम्मेदवारहरुबीच सहमति नभएमा निर्वाचन र समापन तथा घोषणा समारोह हुने छ ।

छलफ़लका एजेन्डाहरुमा दैवीप्रकोप सतर्कता तयारी, गैरआवासीय अभियानमा दोस्रो पुस्ताको सहभागिता, नेपालमा विदेशी लगानीको अवसर र चुनौती, गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा कानुनको पुनरावलोकन लगायतका विषय रहने बताईएको छ । सम्मेलनमा सात सयभन्दा बढी गैर आवासीय नेपालीको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने छ ।

हिजो सांझ ५ बजेसम्म विभिन्न ५३ देशबाट सम्मेलनमा भाग लिने प्रतिनिधिको दर्ता गर्ने काम भएको र सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने प्रयासलाई तिब्र पारिएको छ । सम्मेलनमा जापानबाट मात्रै एक सय जनाको सहभागिता रहने एनआरएन जापानका अध्यक्ष ओम गुरुंगले बताए ।

जापानबाट बिभिन्न ३ वटा पदमा ५ जनाले उम्मेदवारी दिएका छन । अध्यक्षमा देवमान हिराचन, महासचिवमा डा. कुमार बस्नेत, कोषाध्यक्षमा भवन भट्ट र नम्रता पाण्डे, एसिया प्यासिफिकको संयोजकमा राजन प्रधानाङ्ग र उप–संयोजकमा किरणबिक्रम थापाले उम्मेदवारी दिने घोषणा गरेका छन । जापानबाट मात्रै यति धेरै पदमा निर्वाचनमा जांदा राम्रो सन्देश नजाने र सफ़लता हात लाग्न पनि नसक्ने भएकोले सर्बप्रथम जापान भित्रको सहमति कसरी जुट्न सक्छ भनेर बिभिन्न ढंगले प्रयासहरु भईरहेका छन ।  जसअनुसार जापानबाट काठमाडौंमा भेला भएका एनआरएनहरु छलफ़ल र भेटघाटमा ब्यस्त रहेका छन ।   ***

तपाईको प्रतिक्रिया