आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

चितवन – एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका पिता मुक्तिराम दाहालको गएराति निधन भएको छ । स्वर्गीय दाहालको आज पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ ।

पचासी वर्षीय दाहालको भरतपुरको वैंदिक नगरस्थित आफ्नै निवासमा गएराति साढे १० बजे निधन भएको हो । उनले केही समय अघि पिसाबसम्बन्धी समस्याको झन्डै दुई महिना काठमाडौंको जनमैत्री अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचार गराएका थिए । विगत एक हप्ता अघिदेखि दाहाल भरतपुरको वैंदिक नगरस्थित आफ्नै निवास थिए ।

अध्यक्ष प्रचण्डले आजै बिहान दिवङ्गत पिताको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटा, सभासद्हरु लगायत स्वर्गीय मुक्तीरामका साथीहरु र चितवनस्थित सबै पार्टीका नेता कार्यकर्ताहरुले उनको पार्थिब शरिरमा फुलमाला चढाई अन्तिम श्रद्धान्जलि दिएका छन् । दिवङ्गत दाहालका दुई छोरा र पाँच छोरी छन् ।

तपाईको प्रतिक्रिया