Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

एनआरएन आईसीसीको कोषाध्यक्षमा उम्मेदवारको घोषणा गर्नुभएकी नम्रता पाण्डेले आफ़्नो चुनावी घोषणा पत्र सार्बजनिक गर्नुभएको छ । घोषणा पत्रको पूर्ण पाठ यसप्रकार छ ।

आदरणीय प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु !

सर्बप्रथम हामी नेपालीहरुको महान चाड दशै एवं दिपावलीको उपलक्ष्यमा सम्पूर्ण आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु । गैरआवासीय नेपालीहरुको गौरवशाली संस्था गैरआवासीय नेपाली संघ (एनआरएन) को ग्लोबल सम्मेलन यही अक्टोबर १२ देखि १४ तारिखसम्म ‘हाम्रो सञ्जाल-हाम्रो पहिचान, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गईराखेको छ। नेपाल र नेपालीका लागि पवित्र भावनाले समाज सेवा गर्ने र त्यसका लागि नेपालको समग्र बिकासमा एउटा भरपर्दो साझेदारकोरुपमा क्रियाशिल संस्थाकोरुपमा रहेको एनआरएनको यो सम्मेलन अत्यन्त महत्वपूर्ण छ।

यति बेला नेपाली समाज रुपान्तरणको प्रकृयामा छ। नयाँ नेपालको निर्माण गर्ने महत्वपूर्ण अवस्थामा “समुन्नत नेपाल” निर्माणमा भूमिका खेल्ने प्रण गरेको एनआरएनको यो अधिवेशनले अत्यन्त ठूलो महत्व राख्दछ। बिगतका कामहरुको सुक्ष्म ढंगबाट समिक्षा गर्दै भावी नीतिहरुको तर्जुमा गर्ने र ति नीतिहरुलाई कार्यान्वयन गर्नसक्ने या त्यो क्षमता राख्ने नेतृत्वको चयन गर्ने महत्वपूर्ण अभियानमा सामेल हुन गईराखेको यो क्षणमा म आफू एनआरएन ( आइसीसी) को कोषाध्यक्ष पदमा मिति सन २०११ सेप्टेम्बर २६ तारिखका दिन उम्मेद्ववारी घोषणा गरेको थिएं । म यसै बक्तब्य मार्फत मेरो उम्मेद्ववारीका कारणहरु र मेरा प्रतिबद्दताहरु सार्वजनिक गर्न चाहन्छु । मैले उम्मेद्ववारी घोषणाका बेलामा सार्वजनिक गरेका ४ वटा कुराहरु, संस्थागत सुधार, पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्व भन्ने भावनालाई मूर्त रुप दिन र यसैका आधारमा काम गर्ने प्रण गर्दै मेरा प्रतिबद्दताहरुलाई ३ भागमा बिभाजन गरेकी छु ।

पहिलो भाग सस्थागत सुधार, द्रोसो भाग लोककल्याणकारी कामहरु र तेस्रो भाग नेपालमा एनआरएनहरुको सामूहिक लगानी कोषको स्थापना छन ।

मेरो चिनारी (संक्षेपमा)
नम्रता पाण्डे “हेमप्रभा ”

बिगत ७ वर्ष देखि जापानमा बस्दै आएको छु । म टोकियो यूनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा, नेपालको दीगो विकासमा पर्यटन उद्योगको संभावना र चुनौतिहरू विषयमा पिएचडी अन्तिम वर्षमा अनुसन्धानरत छु । यसक्रममा करिब आधा दर्जन भन्दा बढ़ी अनुसन्धानमुलक सामग्रीहरु प्रकाशन गर्नुका साथै बिभिन्न क्षेत्रमा /विश्वविध्यालयमा प्रस्तुति गरेकी छु | त्यसैगरी नेपालका बिभिन्न सामाजिक संघ संस्थाहरुमा कोषाध्यक्ष एवं कार्यसमितिमा रही सेवा गर्ने मौका पाएकी थिएं । जापानमा आएपछि Ibaraki International Exchange Association क़ा गतिबिधिहरुमा सक्रियतापूर्वक नेपालको तर्फबाट sinjen taisi को रुपमा काम गर्दै आईरहेकी छु । यसक्रममा करिब एक दर्जन भन्दा बढ़ी जापानक़ा स्कूलहरुमा प्रस्तुतीकरण मार्फत नेपाल र नेपालीलाई चिनाउने काम गरेकी छु ।

मेरा प्रतिबद्दताहरु:

१ संस्थागत सुधारका लागि;
क. संस्थालाई संस्थागत ढंगबाट संचालन गर्न हरेक निर्णयलाई पारदर्शी बनाउन भूमिका खेल्नेछु ।

ख. संस्थाको आर्थिक हिसाबकिताब पूर्णरुपमा पारदर्शी बनाउनेछु । पंजीकृत सदस्यता ब्यबस्थित गर्दै सदस्यता शुल्क बापत प्राप्त हुने शुल्क एवं अन्य रकमहरु पारदर्शी बनाउने छु ।

ग. एनआरएनका बिभिन्न देशमा रहेका राष्ट्रिय कमिटीसँग समन्वय गर्ने, खासगरी सम्बन्धित कमिटीका कोषाध्यक्षज्यूहरुसँग समन्वय गर्ने नेटवर्कको बिकास गर्नेछु।

घ. “एनआरएन अभियानमा हामी महिला” भन्ने नाराको तय गर्दै बिदेशमा बसोबास गर्ने महिलाहरुलाई यो अभियानमा सामेल गराउने अभियान सन्चालन गर्नेछु र त्यसका लागि अहिले रहेको एनआरएनको महिला बिभागलाई थप शसक्त र प्रभावकारी बनाउन भूमिका खेल्नेछु।

२. लोककल्याणकारी कामहरु:

क. एनआरएनको कोषमा जम्मा हुने रकमको निश्चित प्रतिशत अनिवार्यरुपमा कल्याणकारी कामका लागि छुट्याउने पहल गरिनेछ ।

ख. नेपाली दिदीबहिनीहरु बिदेशिने क्रमको बढ्दो रुपका साथसाथै बिदेशमा नेपाली दिदीबहिनीहरुले भोगेका समस्याहरु बढ्दा छन, यसलाई न्यूनिकरण गर्न एनआरएन भित्र हेल्प लाइनको ब्यबस्था गरिनेछ ।

ग. समाज बिकाससंग चेतना जोडिएको हुन्छ अथवा चेतनशिल नागरिकहरुले नै असल समाजको निर्माण गर्दछन । एनआरएन मार्फत सामाजिक सचेतना फैलाउनका लागि एउटा निश्चित क्यालेन्डरको तय गरिने छ् र नेपालको पिछडिएको ठाउमा “सामाजिक सचेतनाका लागि एनआरएन” भन्ने नारा तय गर्दै यो अभियानलाई अगाडि बढाइने छ।

घ. “नेपालको आर्थिक बिकासमा महिलाहरुको भूमिका र सहभागिता” भन्ने बिषयमा एवं युवाहरु रोजगारीकोलागि बिदेशिने बढ्दो क्रमलाई दीगो समाधान गर्न बिज्ञहरु र सम्बन्धित सरोकारवालाहरु सम्मिलित एक वृहत सम्मेलनका लागि पहल गरिनेछ ।

३ लगानी कोषको स्थापना ;

क. नेपालको आर्थिक विकासका लागि बिदेशमा बस्ने नेपालीहरुको छरिएर रहेका साना, ठूला पूंजीहरुलाई सामूहिक लगानी कोषको माध्यमबाट एकत्रित गर्दै नेपालका साना, मझौला एवं ठूला आयोजनाहरुमा लगानी गर्ने एउटा Mechanism को ब्यबस्था गर्ने छु ।

ख. यो लगानी बिशेष गरी रोजगारी सृजना गर्ने एवं उत्पादनमूलक कार्यमा प्रोत्साहित गरिनेछ ।

ग. यस लगानीमा नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि, जलबिद्युत र पर्यटन जस्ता उद्योगहरुमा बिशेष प्राथमिकता दिइनेछ ।

अन्त्यमा यहाँहरुको आफ्नो अमूल्य मत मलाई दिई निर्वाचित गराउनु हुन र एक कार्यकाल कोषाध्यक्ष पदमा रहेर सेवा गर्ने मौका दिनुहुन यसै बक्तब्य मार्फत हार्दिक अनुरोध गर्दछु ।

नम्रता पाण्डे “हेमप्रभा”
जापान

तपाईको प्रतिक्रिया