Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

क्याप्टेन हितमान गुरुङले गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ। यही अक्टोबर १२ देखि १४ तारिखसम्ममा काठमाण्डुमा हुन लागेको पांचौ गैरआवासीय नेपाली सम्मेलनले संघको नयां कार्यसमिति चयन गर्ने कार्यक्रम छ।

सोमबार प्रकाशित एक अपीलमा गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना कालदेखिको आफ्नो संलग्नता, संघको युरोप क्षेत्रीय संयोजक तथा दोहोरो नागरिकतासंबन्धी टास्क फोर्सको सदस्यको रुपमा आफुले प्राप्त गरेको अनुभव र साथीहरुको स्नेह तथा सदभावका आधारमा संघको केन्द्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा आफुले उम्मेदवारीको घोषणा गरेको बताउनु भएको छ।

उहांले आफु उक्त पदमा निर्वाचित भएमा एनआरएनएले उठाउंदै आएको सामूहिक लगानी कोष स्थापना गर्ने प्रस्तावलाई कार्यान्वयन गर्न सकृयताकासाथ लागि पर्ने बताउनुभएको छ। त्यस्तै उहांले नयां बन्ने संविधानमा विदेशी नागरिकता लिंदा नेपालको नागरिकता रद्द नहुने व्यवस्था सुनिश्चित गर्न सशक्त रुपमा लाग्ने वाचा पनि गर्नुभएको छ।

क्याप्टेन गुरुङले मध्यपूर्व, मलेसिया लगायतका देशमा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न संबन्धित क्षेत्रका साथीहरुसंग सहकार्य गरी अगाडि बढ्ने र बेलायत सरकारको निर्णय पछि स्थायी बसोबासकालागि बेलायत आउनुभएका भूपू गोर्खा सैनिकहरुका समस्या समाधान गर्न आफु लागि पर्ने पनि बताउनुभएको छ।

क्याप्टेन गुरुङले गैरआवासीय नेपाली संघको आफ्नै भवन निर्माण लगायत संघका विभिन्न राष्ट्रिय समितिहरुले नेपाली भाषा, संस्कृति र पहिचान जोगाउन नेपाली घर निर्माण गर्न अघि बढाएको अभियानलाई सफल पार्न सकृय रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

ब्रिटिश सेनामा लामो समय सेवा गरी सेवा निवृत्त हुनुभएका क्याप्टेन गुरुङलाई ब्रिटिश सरकारले एमबिइको उपाधिबाट सम्मानित गरेको छ। मिलनसार तथा मृदुभाषी गुरुङले आफु गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा विजयी भएमा हाल ५७ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपालीहरुको अभियानलाई राजनीतिक, धार्मिक, क्षेत्रीयता तथा जातीयताभन्दा माथि उठेर सबैको साझा अभियानको रुपमा विकास गर्न लागिपर्ने वाचा पनि गर्नुभएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया